मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

रसुवाका बाढीपीडितलाई भद्रपुर नगरपालिकाको राहत, ११ लाख दिने निर्णय

भेषराज नेपाल 149+ समाचार ( )
११ भाद्र २०८३, बिहीबार

झापा / रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि भद्रपुर नगरपालिकाले ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

रसुवामा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले भद्रपुर नगरपालिकाले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकको सहयोगका लागि रकम उपलब्ध गराउने निर्णय गरिएको हो।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ जम्मा गरिने नगर प्रमुख गणेश पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नगरपालिकाले विपद्का कारण आफन्त गुमाएका, घर तथा सम्पत्तिमा क्षति पुगेका र विस्थापित भएका रसुवाका बाढीपीडितलाई राहत उपलब्ध गराउन सहयोग गर्ने जनाएको छ। प्राकृतिक विपद्का बेला स्थानीय तहबीच मानवीय सहयोग र ऐक्यबद्धता आवश्यक रहेको भन्दै भद्रपुरले आफ्नो तर्फबाट सहयोगको हात अघि बढाएको हो।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले मानवीय क्षतिसँगै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणको काम जारी छ।

भद्रपुर नगरपालिकाको ११ लाख रुपैयाँ सहयोगले विपद्बाट प्रभावित परिवारलाई तत्कालीन राहत तथा आवश्यक व्यवस्थापनमा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ। नगरपालिकाले विपद्को घडीमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै