मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |
मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |


स्वर्गद्धारी अन्त्येष्टी घाट भद्रपुर– ९ मा पुनः पोखरेलको नेतृत्वमा समिति चयन

देश प्रदेश डेस्क 5479+ समाचार ( )
१६ माघ २०८१, बुधवार

झापा । स्वर्गद्धारी अन्त्येष्टी घाट व्यवस्थापन समितिको अध्यक्षमा पुनः अम्बिका पोखरेल रहनेगरी पन्ध्र सदस्य सकार्यसमिति चयन गरिएको छ । समितिले बुधबार भद्रपुर ९ स्थित हडिया नदीको घाट परिसरमा आयोजना गरेको प्रथम बार्षिक साधारणसभाले दुईबर्षे कार्यकालका लागि सर्वसम्मत समिति गठन गरेको हो ।
गठित समितिको बरिष्ठ उपाध्यक्षमा डिल्लीराम पोखरेल ,महिला उपाध्यक्षमा विमला गौतम भट्टराई,उपाध्यक्षमा लिलादास घिमिरे र महासचिवमा तेजप्रसाद(नविन) चापागाई सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सचिवमा पानीलाल राजवंशी,महिला सचिवमा उषा खतिवडा,कोषाध्यक्षमा मुरारी पोखरेल र सह–कोषाध्यक्षमा धनप्रसाद शिवाकोटी चयन भएका छन् । त्यस्तै  सदस्यहरुमा नारायण श्रेष्ठ, मित्रप्रसाद अधिकारी, शैलेस न्यौपाने, सुनिता राजवंशी,गङ्गा थापा र डिल्लीराम अधिकारी चयन भएका छन् ।
सभाले लेखासमिति संयोजकमा मुरारी न्यौपाने रहने गरी  भरत लम्साल (भाष्कर) र उर्मिला मिश्र सापकोटालाइ सदस्यमा चयन गरेको छ । नवगठित समितिको घोषणा निर्वाचन मण्डलका सदस्य प्रकाश निरौलाले गरेका थिए । नवनिर्वाचित पदाधिकारीलाइ निर्वाचन मण्डलका संयोजक राजकुमार भट्टराईले प्रमाणपत्र वितरणसहित सपथग्रहण गराएका थिए ।


अध्यक्ष पोखरेलको सभापतित्व एवम भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा अध्यक्षले साङ्गठानिक  र कोषाध्यक्ष भरत लम्साल(भाष्कर)ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अन्त्येष्टी गर्ने वेदीको शिलान्यास गरिएको थियो । घाटलाइ सहयोग गर्ने १ सय ३४ जना आजिवन सदस्यलाइ सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । सोही कार्यक्रममा १ लाख ५ हजार १ सय रूपैयाँ प्रदान गर्ने अम्बिका पोखरेललाई संरक्षक सदस्यता तथा ५६ हजार १ सय ५ रूपैयाँ प्रदान गर्ने लिलादास घिमिरे र ५१ हजार रूपैयाँ सहयोग गर्ने इन्द्र थापालाई विशिष्ट सदस्यता प्रदान गर्दै प्रमाणपत्रसहित सम्मान गरिएको थियो भने कोषाध्यक्ष भरत लम्साल (भाष्कर)लाई समितिमा उत्कृष्ट कार्य सम्पादन गरेवापत सम्मान गरिएको थियो ।
बरिष्ठ उपाध्यक्ष डिल्लीराम पोखरेलले औचित्यमाथि प्रष्ट पार्दै स्वागत मन्तव्य राखेको कार्यक्रममा नगरप्रमुख पोखरेल,वडा नम्बर ८ का वडाअध्यक्ष मनोज(गौरब) सुब्बा,सल्लाहकार सदस्य मुरारी पोखरेल,चन्द्रगढी समाज सेवाका अध्यक्ष नयाँनाथ पाण्डे र पशुपति निमाविका प्रधानाध्यापक टिकादेवी पोखरेलले आ–आफना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव लिलादास घिमिरेले गरेका थिए । हालसम्म घाटमा १ सय २१ जना साधारण सदस्य रहेको समितिले जनाएको छ ।
झापा कारागारभन्दा पूर्व क्षेत्रका ८,९ र १० वडामा मानिसको मृत्युपश्चात् दाहसंस्कार गर्ने स्थानको अभाव रहेको थियो । मृत्यु भईसकेपछि कहिले माथिल्लो स्थान त कहिले तल्लो स्थानमा लैजानु पर्ने पीडामाथि पीडा थपिएको थियो । घाट निश्चित गर्नका लागि नगरपालिका ,स्थानीय सङ्घ संस्था ,क्लबहरुको लामो छलफल र प्रयासपछि भद्रपुर नगरपालिकाले भद्रपुर ९ स्थित हडिया पुल नजिकै दक्षिणतर्फ घाट वनाउन निर्माण सामग्री राखेपनि विविध कारणले निर्माण सुरु हुन नसकेपछि पुनः छलफललाई निरन्तरता दिएपछि बर्तमान नगरप्रमुख पोखरेलको पहलमा नगरबाट करिब डेढ विगाह जमिन उपलब्ध गराएका कारण सो क्षेत्रका वासिन्दाले घाट पाएको समितिले जनाएको छ ।
जग्गा उपलब्ध भईसकेपछि २०८० वैशाख २ गते भृकुटी युवा क्लबको आयोजनामा घाट व्यवस्थापन समिति निर्माण भइ सोही बर्षको जेठ १९ गते भद्रपुर नगरप्रमुख गणेश पोखरेलले मलामी बिश्राम घरको शिलान्यास गरेका थिए ।


घाटलाइ व्यवस्थित वनाउन नगरपालिकाबाट ४ लाख १६ हजार ६ सय ३४ रुपैयाँ, जनताको तटबन्ध झापा गैँडेबाट ३८ लाख ८४ हजार ७ सय ९ रुपैयाँ र संस्थाबाट २९ लाख ९८ हजार ७ सय ३८ रुपैयाँ रकमबाट ट्रष्टसहितको मलामी बिश्राम स्थल निर्माण भइसकेको छ भने घाटलाइ व्यस्थित बनाउन नदिको पश्चिम तर्फ २ सय २ मिटर तटबन्ध निर्माण भइरहेको समितिले जनाएको छ ।
त्यसैगरी प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैयाँले हाल दाहसंस्कार स्थल(वेदी) निर्माण भइरहेको छ भने गौरीशङ्कर भजन समूह र बहुउद्देश्य सहकारी संस्थाले संयुक्त रुपमा ३० हजार रुपैयाँको लागतमा मलामी बस्ने फलँैचा निर्माण भईसकेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
घाटलाइ पर्यटकीय क्षेत्र समेत वनाउन दाउरा राख्ने घर,किरिया पुत्री बस्ने घर,चौतारा,प्रवेशद्धार,विद्युतीय दाहसंस्कार स्थल(वेदी) तथा विभिन्न मन्दिर निर्माण, स्तरोन्नतिका लागि सार्वजनिक पुराणको आयोजना लगायतका भौतिक निर्माण गर्ने योजना रहेको समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार