मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

रास्वपाद्वारा प्रधानमन्त्री ओलीको राजीनामा, मध्यावधि निर्वाचनको माग

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

झापा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामासँगै मध्यावधि निर्वाचनको माग गरेको छ ।

रास्वपाले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साेही माग गरेको हो । जेनजी पुस्ताका युवाहरूले गरेको काठमाडाैं उपत्यकासहित देशका विभिन्न स्थानमा प्रदर्शनमा १९ जनाको मत्युभएपछि रास्वपाले नेकपा एमाले र नेपाली कांग्रेसकाे संयुक्त सरकारको बर्खास्ती र ताजा जनादेशको माग गरेको हो ।

देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित साेमबारको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको रास्वपाले भर्त्सना गरेकाे जारी विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा समेत माग गरेको हाे । साथै घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्री रमेश लेखक लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग समेत रास्वपाले गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार