मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापाको भद्रपुरमा निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Desh Pradesh News 1+ समाचार ( )
१ फाल्गुन २०८२, शुक्रबार

झापा /  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित मर्यादित निश्पक्ष र भयरहित बनाउने उद्देश्यका साथ झापाको भद्रपुरमा निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय झापा, संवाद समूह र नेपाल पत्रकार महासंघ झापा शाखाको संयुक्त आयोजनामा झापाका ८० भन्दा बढी सञ्चारकर्मीकासाथ चन्द्रगढी स्थित हाेटल आनीकाे सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले निर्वाचनको तयारी लगभग पूर्ण रुपमा भइसकेकाे बताउदै निर्वाचनका लागि मतदान स्थलमा चाहिने सबै सामाग्रीहरु प्याक गर्दै गरेकाे जानकारी दिए ।

झापाका सहायक जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता झापाका अनुगमन अधिकृत तेजप्रकाश प्रसाइले यो निर्वाचनलाई पूर्ण रुपमा सफल बनाउन उम्मेदरवारलगायत राजनितिक दलका प्रतिनिधिले आफ्नो घोषणपत्रमा आधारित भएर मात्रै मत मागेर पूर्णरुपमा आचारसंहिता पालना गर्नुपर्ने बताए । उनले भने, "यदि कतै काेहि कसैले आचारसंहिता विपरित गएर कुनै कार्य गर्छ या गराउछ भने तत्कालै एक्सन लिन्छाै" ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले सम्पूर्ण झापाली सञ्चारकर्मीहरुलाई निर्वाचन आयोग २०८२ ले जारी गरेको आचारसंहितामा आधारित भएरमात्रै समाचार संप्रेषण गर्न अनुरोध गर्दै कुनै कसैकाे लालचमा नपरिकन आफ्नाे मर्यादालाई नभुलिकन याे निर्वाचन सफल बनाउनु पर्नेमा जाेड दिए ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले समग्र झापा जिल्लामा शान्ति सुरक्षा सामान्य रहेको बताउदै निर्वाचनका लागि तोकिएका मतदान स्थलहरु सुरक्षित रहेको बताए ।

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत उमेश प्रसाद लुईटेलले आचारसंहिता उल्लघन नहोस भनेर पटकपटक राजनितिक दलका उम्मेदवार तथा प्रतिनिधि र सञ्चारकर्मीका साथमा बैठक बसिरहेको जानकारी गराए ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार