मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

वैदिक सनातनद्धारा गीता पाठ तथा शोक सभा सम्पन्न

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२२ भाद्र २०८३, सोमबार

 झापा भोटेकोशी, नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको १३औँ दिनको पुण्य तिथिको अवसरमा झापा सहित विभिन्न जिल्लाहरूमा गीता पाठ, पारायण,दिप प्रज्वलन तथा शोक सभा सम्पन्न   गरिएको छ ।
श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल, केन्द्रीय कार्यालय झापाको आयोजनामा झापाको बिर्तामोड , दमक लगायतका विभिन्न स्थानमा विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो । प्राकृतिक विपत्तिमा अकालमा ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्ति तथा घाइतेहरुको शिघ्रस्वास्थ्य लाभको कामनासहित सामूहिक रूपमा गीता पाठपारायण, दिप प्रज्वलन तथा शोक सभा सम्पन्न गरिएको समितिका केन्द्रीय अध्यक्ष राम प्रसाद ओझाले जानकारी दिए ।
श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल झापा अध्यक्ष मोहन घिमिरेको अध्यक्षतामा साे कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा साङगवेद संस्कृत मावि बिर्तामोड चारपानेका प्राचार्य छन्दुराम भण्डारीले सम्बोधन गरेका थिए । झापा ,मोरङ, धनकुटा लगायतका जिल्लाहरुमा कार्यक्रम आयोजना गरिएको थियो ।
 बिर्तामोडमा मात्र दुईसय जनाभन्दा बढी वटुक, गुरु,विभिन्न आमासमूहले सामूहिक गीता पाठ गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।  कार्यक्रममा गुरुकुलम,विभिन्न धार्मिक मठमन्दीर गरी तेह्रवटा संस्थाहरु सहभागि भएका थिए ।
विपत्तिका समयमा मानवीय संवेदना र सनातन संस्कारलाई आत्मसाथ गर्दै आयोजना गरिएको यस प्रकारको कार्यक्रमले समाजमा धार्मिक सद्भाव र एकताको सन्देश प्रवाह गरेको सहभागी गुरुहरूले बताएका छन् ।

साेही कार्यक्रममा संस्थाले एक लाख एक हजार रुपैयाँ रकम प्रधानमन्त्री राहत कोषमा जिल्ला प्रशासन कार्यालय झापा मार्फत हस्तान्तरण गरेकाे थियो ।
गीतापाठ पश्चात साँझमा मुक्ती चोकमा नेपालको नक्सा अङकित एक हजार आठ वटा दिप प्रज्जवलन गरिएको समितिका केन्द्रीय महासचिव खगेन्द्रप्रसाद निरौलाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार