मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

रवि लामिछानेद्वारा सभामुखलाई भेटेर सांसद पद निलम्बन फुकुवा गर्न आग्रह

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१९ चैत्र २०८१, मङ्गलबार

झापा सांसद पद निलम्बन फुकाइदिन दोस्रो पटक सभामुख देवराज घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले  आग्रह गरेका छन् ।
उनले यसअघि गत माघ १८ गते निलम्बन फुकुवाका लागि आफूले लिखित निवेदन दिएको र आज त्यही निवेदनबारे स्मरण गरेको बताए ।
बिहान सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा भेटेर सभापति लामिछानेले सरकारले राजनीतिक प्रतिशोधका कारण आफूलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको भन्दै राजनीतिक दलहरूसँग छलफल गरी टुङ्ग्याइदिन माग गरे ।
सभामुख घिमिरेसँगको भेटपछि बाहिरिनेक्रममा सभापति लामिछानेले सञ्चारकर्मीहरूसँग भने, ‘मलाई सरकारले प्रतिशोध साधेर बाजेले कमाएको सम्पत्ति, श्रीमतीले विवाह नहुँदै कमाएको सम्पत्तिसमेतलाई आधार बनाएर मुद्दा दर्ता गरेको छ । त्यसैको आधारमा मेरो सांसद पद निलम्बन भएको छ, यसलाई पुनर्विचार गरिदिनुस् भनेर आग्रह गरेको छु ।’
सभामुख घिमिरेले आफ्नो आग्रहपछि यस्तो विषय भविष्यमा राजनीतिक हतियार बन्न सक्ने चिन्तामा आफू पनि रहेको बताएको लामिछानेले बताए । ‘उहाँले मसँग आफू पनि राजनीतिक हतियार बन्न सक्छ कि भन्ने चिन्तामा रहेको बताए । दलहरूसँग यसबारे कुरा गर्छु भन्ने आश्वासन दिएको छ ।’
उनले आफ्नो सांसद पद दूषित गर्नका लागि मात्रै सरकारले मुद्दा अदालतमा टिकाएको बताए ।

सकेसम्म संसद्को विषय संसद्बाटै टुंग्याउनुपर्ने आफ्नो धारणा राखेकाले त्यसबारे सभामुखलाई आग्रह गरेको बताउँदै लामिछानेले अन्तिम विकल्प अदालत रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै