मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |
मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |


झापा गोल्डकपको सातौँ संस्करणको उद्घाटन खेलमा झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दै

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२४ माघ २०८२, शुक्रबार

झापा झापा गोल्डकपको सातौँ संस्करणको उद्घाटन खेलमा झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लब बीच हुने भएकाे छ  । भोलि माघ २४ गतेदेखि डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा यी दुइ क्लबबीच हुने भएकाे हाे । 

सातौँ झापा गोल्डकपको उद्घाटन बिर्तामोड नगरप्रमुख पवित्रादेवी महताराले गर्नेछिन् भने समापनको प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ रहेका छन् ।

झापा गोल्डकपलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष केदारी गिरीले जानकारी दिए । प्रतियोगिताका लागि खेलमैदान र प्यारापिट निर्माणलगायतका काम सम्पन्न भएको उनले बताए ।

गोल्डकपका लागि झन्डै दुई महिना लगाएर उत्कृष्ट र शानदार मैदान बनाइसकिएको छ । करिब १० हजार दर्शक बस्न मिल्नेगरी बाँसको प्यारापिट निर्माण गरिएको छ भने दर्शकको चाप हुनसक्ने अनुमानका साथ प्यारापिटको अघिल्लोतिर दर्शकका लागि प्लास्टिकको कुर्सी र भुइँमा बसेर हेर्न सहज होस् भनेर कार्पेट ओछ्याइएको वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

यो प्रतियोगितालाई पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको आयोजकले जनाएको छ । बिर्तामोड नगरपालिका संरक्षक रहेको यो प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय झापाली समाज, किंग्सबेरी इन्टरटेनमेन्ट र मेची आँखा अस्पताल मुख्य सहप्रायोजक रहेका छन् ।

प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एकथान यामाहाको मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले नगद ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यो वर्ष दाताबाट प्राप्त भएबमोजिम प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, लालीगुराँस एसोसिएसन नेपाल पोखरा, रोयल थिम्पु कलेज भुटान, सिंग्लिङ स्पोर्टिङ क्लब भारत र एन पेनाङ फुटबल क्लब मलेसियाको सहभागिता रहने अध्यक्ष गिरीले बताए ।

सातौँ संस्करणको उद्घाटनका दिन मैदान परिसरमा स्वर्गीय डोमालाल राजवंशीको शालिक अस्थायी रुपमा अनावरण गरिनेछ । त्यस्तै, झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिनेछ ।

यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरिने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिए ।

त्यस्तै, हिम इलेक्ट्रोनिक प्रालिको तर्फबाट बिर्तामोडस्थित महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएका एकजना दर्शकलाई एकथान ३२ इन्चको एलइडी टिभी र मोबाइल ग्यालेरी बिर्तामोडको तर्फबाट दुईजना दर्शकलाई एअरबड प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिता अवधिभरका दर्शकहरुमध्ये टिकट लिएका एकजना दर्शकलाई फाइनल खेलका दिन एकथान यामाहाको स्कुटर प्रदान गरिनेछ ।

प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

आज तयारीबारे रंगशालामा भएको पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष महेन्द्रकुमार गिरी, होम पाण्डे, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार