मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

झापाकाे गरामुनीमा शिक्षकले पिटे तीन जना विद्यार्थी

देश प्रदेश डेस्क 5194+ समाचार ( )
१७ आषाढ २०८२, मङ्गलबार

झापा /  झापाकाे विर्तामाेड नगरपालिका ९ गरामुनीमा रहेकाे दुर्गा माध्यमिक विद्यालयका गणित विषयका शिक्षकले कक्षा ९ का  तीन जना छात्रछात्रालाई कुटपिट गरेका छन् ।

साेमबार विद्यालय समयमा शिक्षक हरि दङ्गालले विना कारण कुचाेले कुटपिट गरेका कारण हिडडुल गर्न नसक्ने अवस्था रहेकाे पिडित एक छात्राले बताइन् ।उनले गहभरी आशु पारेर भनिन, 'कक्षा व्रेक भएकाे थियाे व्रेकपछि म लगायत अरू साथीहरुपनि कक्षा काेठामा गयाै । म छेउ तिर बस्थे अरु दुइजना भित्तातिर बस्थे म पहिलै काेठामा आएपछि साथीहरुपनि आए, उनीहरुलाई बेन्चमा बस्न दिनकालागि म उठेर बाटाे छाेडिदिए तै समयमा सरले मलाई र अरु दुइजना साथीहरुलाईपनि कुचैकुचाेले कुटपिट गर्नु भयाे' ।

पिडितकी आमाले हाम्राे नानीहरुलाई नजानेकाे कुरा सिकेर जान्ने हुन्छन् भनेर विद्यालय पठाएका हाै, यसरी पढ्न गएकाे बच्चा कुटाइ खाएर आँउछ भने के भन्नु भन्दै भक्कानु परिन ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकाेटीले आफु ४ः१० सम्म विद्यालयमै भएकाे, त्याे वेलासम्म कुनै जानकारी नआएकाे तर आज मंगलबार बिहान सामाजिक सञ्जालमा भिडियाे देखेर थाहा पाएकाे बताउदै आज १० बजे स्कुल गएर के भएकाे रहेछ दुवै पक्ष राखेर छलफल गर्ने बताए ।

गणित विषयका शिक्षक दङ्गालले विद्यार्थीहरुले धेरै हल्ला गरेका कारण तर्साउनका लागि मात्रै पाट्टपुट्ट पारेकाे हाे चाेट लाग्ने गरि कुटपिट नगरेकाे बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै