मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’

भेषराज नेपाल 150+ समाचार ( )
२० श्रावण २०८३, बुधवार

झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वनेता धवलशमशेर राणा र व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ गठन गरेका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरूले पार्टी गठनको औपचारिक घोषणा गर्दै देशमा विद्यमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाएका छन्। पार्टीले राष्ट्रियता, सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक समृद्धि र जनउत्तरदायी शासन व्यवस्थालाई आफ्नो मुख्य एजेण्डा बनाएको जनाएको छ।

पार्टी घोषणा कार्यक्रममा बोल्दै दुर्गा प्रसाईंले वर्तमान राजनीतिक दलहरू जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै नयाँ वैकल्पिक शक्तिको आवश्यकता महसुस भएकाले ‘जय नेपाल पार्टी’ स्थापना गरिएको बताए। उनले देशको आर्थिक अवस्था सुधार, रोजगारी सिर्जना तथा युवाहरूको पलायन रोक्न पार्टीले विशेष योजना अघि सार्ने दाबी गरे।

त्यसैगरी धवलशमशेर राणाले मुलुकमा राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ दलको भूमिका महत्वपूर्ण हुने बताए। उनले जनताको विश्वास जित्दै आगामी निर्वाचनमा पार्टीलाई सशक्त रूपमा अघि बढाइने उल्लेख गरे।

पार्टीले निकट भविष्यमा देशव्यापी संगठन विस्तार अभियान सञ्चालन गर्ने तथा विभिन्न जिल्लामा कार्यक्रम आयोजना गरेर जनतामाझ पुग्ने जनाएको छ।

नयाँ दलको गठनसँगै नेपाली राजनीतिक वृत्तमा यसको प्रभाव र आगामी रणनीतिबारे चासो बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै