मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

नगर प्रमुख सन्थाल आवास निर्माण
सन्थाल समुदायका धमाधम घर निर्माण गर्दै भद्रपुर नगर

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१८ पौष २०८०, बुधवार

झापा  ।  झापाको भद्रपुर नगरपालिकाले यो वर्ष २६ वटा आवास निर्माण गरिदिने भएको छ । नगर प्रमुख सन्थाल आवास निर्माण अन्तरगत  नगरपालिकाको योजनामा आवास निर्माण गरिदिने भएको हो ।
 नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी आवास निर्माणको सिलान्यास गरेको छ । नगर प्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वाडअध्यक्ष, घरधनीलगायतले संयुक्त रुपमा सिलान्यास गरेका थिए । नगरले वडा नम्बर ३ का लाल हस्दाको पहिलो र वडा नम्बर ९ का चुड्कु किस्कुको आवासको दोस्रो सिलान्यास गरेकाे  थियो ।
नगरभित्र वडा नम्बर ३ ,५, ९ र १० मा प्रत्येक वाडमा ५ का दरले २० वटा आवास निर्माण हुनेछन् भने  वडा नम्बर ७ मा ६ वटा गरी यो वर्ष २६ वटा आवास निर्माण हुने नगरका इन्जीनीयर योगोन्द्र रञ्जितकारले जानकारी दिए । विनियोजित २ करोड रुपैयाँको लागतमा निर्माण हुने आवासमा प्रति आवास भ्याटसहित ४ लाख ८९ हजार ३ सय ४२ रुपैयाँ ८१ पैसामा स्नेहा निर्माण सेवा भद्रपुर– १० ले ठेक्का लिएको उनले जनाए । आगामी ०८१ वैशाख मसान्तसम्म सम्पन्न गर्नेगरी चालु वर्षको मङ्सिर २७ गते सम्झौता भइसकेको कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै उनले जानकारी  गराएका थिए ।
३८४ दशमलव १३ वर्ग फिटमा भान्सा घर र बरण्डा सहित ३ वटा कोठा भएको टिनको छाना निर्माण हुने उल्लेख छ । कार्यपालिकाको निर्णयबाट लक्षित वर्गलाइ मध्यनजर गरी यो योजना ल्याइएको वडा नम्बर ३ का अध्यक्ष हेमबहादुर कार्कीले बताए । समयमा नै आवास निर्माण गर्न ठेकदारलाइ जानकारी गराउँदै उनले म्याद थपका लागि वडाले सिफारिस नदिने बताए । समयमा काम गर्न नसक्ने हो भने ठेक्का नलिन उनले जनाए । ठेकेदारका कमजोरीका कारण गत वर्ष निर्माण सुरु गरिएका १८ वटा आवास हालसम्म निर्माण सम्पन्न नभएका कारण हस्तान्तरण हुन नसकेको उनले बताए ।

गत वर्ष नगरले वडा नम्बर ३ काे नयाँवस्तीमा  १८ वटा आवास निर्माण सुरु गरेपनि ठेकेदारका कारण निर्माण सम्पन्न भइनसकेको नगर प्रमुख पोखरेलले बताए । उनले विषेश गरी लोप हुदै गएका सन्थाल जातिलाइ विस्थापित हुन नदिन यो योजना नगरले लागू गरेको जनाए । नगरभित्र रहेर नागरिकता पाएका ६३४ घर रहेको उनले जानकारी दिए । शिक्षा,स्वास्थ्य र रोजगारीमा पहुँच नपुगेको हुँदा नगरले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको उनले बताए । अन्य समुदाय कमजोर रहेपनि समग्रमा सन्थाल समुदाय कमजोर देखिएकोले यो समुदायबाट नै आवास निर्माण सुरु गरिएको उनले बताए ।
नगरपालिकाले आवास निर्माण गरिदिने भएपछि ७८ वर्षिय चुड्कु किस्कु खुसी देखिएका थिए । जिवनभर घामपानी नछेक्ने घरमा जिविकोपार्जन गरिरहेको अवस्थामा नयाँ घर निर्माण हुने भएकोले सवैलाइ उनले धन्यवाद दिएका थिए । त्यसैगरी अर्का घरधनी लाल हस्दाले ङर बन्ने भएपछि सवै परिवारमा खुसी छाएकाे बताए । विभिन्न मापदणड पुरा गरेकालाइ पहिलाे चरणमा आवास निर्माण गर्ने नगरपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार