मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

थुनुवाको इलाका प्रहरी कार्यालय काँकडभिट्टामा मृत्यु

देश प्रदेश डेस्क 5485+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

प्रहरी हिरासतमा दर्जीसगै मृतक खडका

झापा तीन दिनअघि लागूऔषधसहित पक्राउ परेका एक थुनुवाको इलाका प्रहरी कार्यालय काँकडभिट्टामा मृत्यु भएको छ ।

बिरामी भएर धुलावारीको आम्दा अस्पतालमा भर्ना गरिएका मेचीनगर ७ का २८ वर्षीय झकबहादुर खड्काको त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ  । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

साउन १३ गते बिहान ९ः४५ बजे मेचीनगर नगरपालिका वडा नं.६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई शंका लागेर चेकजाँच गर्दा प्लाष्टिकले पोका पारेर बाँया हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागूऔषध मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने ३० वर्षीय खडगबहादुर दर्जीले भारतबाट खरिद गरि काँकडभिट्टासम्म पुर्याई दिनु भनि दिई पठाएको खुलेको थियो । मे.२ प. ८५४१ नम्बरको मोटरसाइकलसहित दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको थियो । मृतक खड्काको परिवारले शव बुझ्न नमानेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार