मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

बाह्रदशीको पालिका भवनबाट लडेर मोरङका कामदार गम्भीर घाइते

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२३ आषाढ २०८३, मङ्गलबार

झापा / झापाको बाह्रदशी गाउँपालिका–५ स्थित गाउँपालिकाको ३ तले भवनबाट लडेर एकजना कामदार गम्भीर घाइते भएका छन्।

मङ्गलवार बिहान अन्दाजी ९:४० बजेको समयमा मोरङकाे सुन्दरहरैँचा नगरपालिका–४ का ४२ वर्षीय टंक थापा भवनमा रंग लगाउने काम गर्दै गर्दा तेस्रो तलाबाट चिप्लिएर तल झरेर घाइते भएका थिए। लड्ने क्रममा उनी भवनको ग्रिलमा अड्किएका थिए। 

दुर्घटनामा थापाको निधार र दाहिने तिघ्रामा गम्भीर चोट लागेको छ। गम्भीर अवस्थामा रहेका उनलाई स्थानीयले तुरुन्तै उद्धार गरी उपचारका लागि बि एण्ड सि अस्पताल बिर्तामोड पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटनापछि उद्धार र उपचारमा बाह्रदशी गाउँपालिकाका कर्मचारीहरू समेत संलग्न भएका थिए। 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार