मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिह्न यथावत् राख्न माग गर्दै आयोगमा निवेदन

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२२ कार्तिक २०८२, शुक्रबार

 नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाम, चुनाव चिन्ह, झन्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’ लाई यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। 

सहिद सन्तति सन्दीप पुनसहित जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेताहरू शुक्रबार आयोग पुगेर निवेदन दर्ता गराएका हुन् । अभियानका नेता रजमान तामाङले महाधिवेशनको मिति घोषणा भइसकेकाले हाल नेपाली कम्युनिस्ट पार्टी बनाएका प्रचण्डले दीर्घकालीन असर पर्ने निर्णय गर्न नसक्ने जिकिर गर्दै पार्टीको पहिचान फ्रिज नगर्न आयोगलाई आग्रह गरिएको जानकारी दिए । 

निवेदनमा पार्टीको वर्तमान कार्यसमिति ‘महाधिवेशन आयोजक समिति’ मात्र भएको र विधानअनुसार यो केवल कामचलाउ प्रकृतिको रहेको दाबी गरिएको छ। 'उक्त काम चलाऊ आयोजक समितिले पार्टी जीवनमा दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय गर्न नसक्ने,' निवेदनमा उल्लेख छ, 'अर्को कुनै पार्टीमा विलय वा मर्ज गर्न तथा चुनाव चिन्ह र पार्टीको दार्शनिक मान्यता माओवाद परित्याग गर्न सक्दैन।'

पार्टीको नाम, झन्डा र चुनाव चिन्हलाई ऐतिहासिक जनयुद्ध र हजारौँ सहिद, घाइते तथा बेपत्ताहरूको योगदानसँग जोडिएको तामाङले बताए। यी पहिचानहरू पार्टीको विधान विपरीत गएर कसैले परिवर्तन गर्न नसक्ने र यसमा बाहिरी दबाब तथा प्रभावबाट आयोग प्रभावित हुन नहुनेमा निवेदकमा जोड दिइएको छ । 

यदि आयोगले पार्टीको पहिचान फ्रिज गरेर चुनावमा भाग लिनबाट वञ्चित गराएमा त्यसले निर्वाचनको वैधानिकतामाथि नै प्रश्न उठाउने निवेदनमा जिकिर गरिएको छ । निवेदनको दर्ता नम्बर  ६५३ रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार