मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

पुनः तताएर खान नहुने यी खानेकुराहरु जानिराखाैं, नत्र शरिर बन्ने छ राेगकाे घर

देश प्रदेश डेस्क 5361+ समाचार ( )
१९ मंगशिर २०८२, बिहीबार

झापा / विज्ञानकाे विकाससँगै हाम्राे जिवनमा कार्यशैली गर्न धेरै प्रविधिहरु आइसकेका छन् । जसले हाम्राे दिनचर्याहरु थाहै नपाइ वित्न थालेका छन् । याेसँगै हामीहरुकाे शारिरिक परिश्रम पनि धेरै कम हुन थालेकाे छ । जसकाे कारणबाट हामी धेरै अल्छी भएका छाैं । 

पहिला पहिला ग्यास राइसकुकर प्रेसरकुकुर इण्डक्सन चुल्हाे जस्ता प्रविधि थिएनन् । जसकाे कारण खाना पकाउन बिहान बेलुका धेरै समय लाग्थ्याे । आगाेबाल्नु दाउरा बाेक्नु भाडा उचाल्नु राख्नु जस्ता धेरै कार्यहरु गर्नु पर्थाे र शारिरिक परिश्रम पनि हुन्थाे तर प्रविधिकाे विकाससँगै याे धेरै सहज भएकाे छ ।  

यस्तै प्रविधि हाे एउटा फ्रिज । यसले त झन हामीलाई यति अल्छी बनायाे कि एकदिन पकाएकाे खानेकुरा फ्रिजमा राखेर तीन चार दिनसम्म खान्छाैं ।

सावधान ! यदि तपाईं पनि यस्तै गर्दै हुनुहुन्छ भने तपाईं आफ्नाे घरमा राेगकाे भण्डारण गर्दै हुनुहुन्छ ।

थाहापाइराखाैं पुनः तताएर खान नमिल्ने खानेकुराहरु  

भात पटक पटक तताउनु हुन्न ।
पाकिसकेको भातलाई दोहोर्‍याएर तेहराएर तताएर खाँदा फूड प्वाइजनिङ हुन सक्छ । भात चिसो हुन थालेपछि यसमा ब्याक्टेरिया उत्पन्न हुन थाल्छ । भात तताउँदा यी ब्याक्टेरिया नष्ट त हुन्छन्, तर यसको तत्त्व भातमा पूरै मिसिन्छ । जुन विषालु हुन सक्छ । फूड स्ट्यान्डर्ड एसेन्सीका अनुसार भात पकाएर सामान्य तापमानमा छाडिदिँदा यसमा बेसिलस सेरेस ब्याक्टेरिया उत्पन्न हुन थाल्छ ।

तरकारीहरु
धेरैजसो हरियो पत्तेदार तरकारी अनि जमिनमुनि फल्ने गाजर, सलगम जस्ता तरकारीमा नाइट्रेट पर्याप्त मात्रामा पाइन्छ । यी तरकारीहरूलाई दोहोर्‍याएर तताउँदा नाइट्रेटको मात्रै झन् धेरै बढ्छ । यसले शरीरमा हानी पुर्याउन सक्छ । दोहोर्‍याएर तताउँदा नाइट्रेट विषाक्त बन्छ यी तरकारीलाई तताउँदा कार्सिनोजेनिक प्रपर्टीज रिलिज हुन्छ । अर्थात् यो तत्त्वले शरीरमा क्यान्सर उत्पन्न गराउने कोषहरूलाई सक्रिय गराउँछ ।

पालुङ्गोलाई पनि पकाइसकेपछि तताउनु हुन्न
खासगरी पालुङ्गोलाई एक पटक पकाइसकेपछि दोहोर्‍याएर तताउनु हुँदैन । पालुङ्गोमा आइरन धेरै मात्रामा पाइन्छ । आइरनलाई धेरै तातो पारियो भने यो अक्सिडाइज्ड हुन थाल्छ । आइरन अक्सिडाइज्ड भयो भने फ्री–र्याडिकल्स बन्छ । शरीरभित्र छिरेपछि यसले प्राणघातक रोग पैदा गर्न सक्छ । यसका कारण बाँझोपना र क्यान्सर पनि देखिन सक्छ ।

आलुलाई पनि तताउनु हुन्न
आलुबाट बनेका तरकारी या उसिनेको आलुलाई हामी बारम्बार तताएर खान्छौं । तर यस्तो गर्नु हुन्न । यसो गर्दा ब्याक्टेरियाबाट हुने बोटुलिज्म नामक रोगको खतरा हुन्छ ।

उसिनेको अन्डा पनि दोहोर्‍याएर नतताऔँ
अन्डामा प्रोटिन भरपुर मात्रामा पाइन्छ । धेरै मानिसहरू रमाई रमाई उसिनेको अन्डा खान्छन् । तर तारिएको वा उसिनेको अन्डालाई दोहोर्‍याएर तातो बनाउँदा यसमा भएको प्रोटिन नष्ट हुन्छ । यसलाई खाँदा पेट दुख्ने समस्या देखिन सक्छ । च्याउमा पनि भरपुर मात्रामा प्रोटिन हुन्छ । यसलाई पकाउने बित्तिकै खाइहाल्नु पर्छ । फेरि तताउँदा यसमा भएको प्रोटिन नष्ट हुन्छ । यसले पाचन तन्त्रमा क्षति पुर्‍याउँछ । मासुलाई पनि बारम्बार तताएर खानु हुन्न । ओलिभ आयल पनि पटक पटक तातो बनाएर चलाउनु हुन्न ।

समाधान के हो त ? 
पालुङ्गोलाई कुनै पनि हालतमा तताएर खानु हुन्न । न त हरियो पत्तेदार तरकारीलाई नै तताएर खानु हुन्छ । त्यसैले जति मात्रामा खाएर सकिन्छ त्यति मात्रै पकाउनुस् । भात, आलु, शखरखन्ड, सलगम जस्ता तरकारी पनि पकाउने बित्तिकै तात्तातो खानुस् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै