मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

भद्रपुरबाट बलात्कार मुद्दाका कैदी श्रीमतीसँगै अस्पतालबाटै फरार

देश प्रदेश डेस्क 5489+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

अस्पतालमा उपचाररत रहेका झापाका एक कैदीबन्दी फरार भएका छन् । भद्रपुर नगरपालिका–५ निवासी २४ वर्षीय जीवन साह फरार भएका हुन् । साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि भदौ ५ गते झापा कारागारमा चलान गरेका थिए । 

साह ओमसाई पाथीभरा अस्पताल भद्रपुरबाट आइतबार बिहान ३ बजेर ३७ मिनेटमा फरार भएको अस्पतालको सिसी टिभी क्यामराको फुटेजमा देखिन्छ । साहलाई उनीकी श्रीमतीले स्कुटर चढाएर भगाएको क्यामराको फुटेजमा प्रस्ट देख्न सकिन्छ । निमोनिया भएपछि साहलाई भदौ २५ गते बिहान मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । 

त्यहाँबाट थप उपचारको लागि ओमसाइ पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । ओमसाइको दोस्रो तलको दुई नम्बर क्याबिनमा साह उपचारका लागि बसेका थिए । उनको सुरक्षाका लागि अस्पतालमै सहायक हवलदार र प्रहरी जवान गरी दुई जना सुरक्षाकर्मी खटाइएको थियो । 

साह फरार भएको बेला अस्पतालमा प्रहरीसँग लफडा परेको थियो । दुई प्रहरीमध्ये एकजनाले मादक पदार्थ सेवन गरेर एक नम्बर क्याबिन ढकढकाएपछि लफडा भएको थियो । सोही मौका छोपी साह फरार भएको अस्पताल स्रोतले जनाएको छ । 

साह फरार हुँदा हतकडी लगाएको थिएन । उनले श्रीमतीलाई पछाडि राखी स्कुटर आफै चलाएर गएका थिए । अस्पतालबाट कैदी फरार भएको घटना थाहा पाएलगतै जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुरको टोली उनको खोजी कार्यमा लागि परेका  छन् । फरार भएका साह भद्रपुर– ३ स्थित झोलुङ्गे पुल हुँदै मेचीपारि नाकाबाट भारततर्फ भागेको रहेछ । स्कुटरमा श्रीमान्– श्रीमतीसँगै भाग्दै गर्दा त्यहाँ खटिएका सशस्त्र प्रहरीले समेत देखेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार अस्पतालमा उपचाररत रहेका बेला कैदी भागेको हो ।

उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिसकेको उनले बताए । केहीदिन अघि मात्र इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ बिर्तासिटी अस्पताल बिर्तामोडबाट फरार भएका थिए । फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार