मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ती महोत्सव सञ्चालन हुने

देश प्रदेश डेस्क 5486+ समाचार ( )
५ पौष २०८०, बिहीबार

झापा पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ती महोत्सव सञ्चालन हुने भएको छ।

 चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धनका लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन स.सं.लि.र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपालको सह–आयोजनामा महोत्सव हुने आयोजकले जनाएको छ।

महोत्सव पुस १० देखि १४ गतेसम्म सञ्चालन हुनेछ। होटल एशोसिएशन नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले कोराना भाइरसको महामारीबाट रोकिन गएको महोत्सव फेरि शुरु गर्न लागेको बताए।

विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्त्वपूर्ण गन्तव्य स्थलको रूपमा चिनारी गराउनुसमेत यो महोत्सवको अभिप्राय रहेको बताए।

उनले पर्या–पर्यटन सम्बन्धित गतिविधि र स्थानीय उत्पादनलाई बजारीकरण गर्दै राष्ट्रिय स्तरसम्म पहिचान गराउन सक्नु महोत्सवको लक्ष्य रहेको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार