मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

गणतन्त्र ढाल्न सकिन्छ : अध्यक्ष लिङ्देन

देश प्रदेश डेस्क 5197+ समाचार ( )
१३ जेठ २०८२, सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था विरुद्धको आन्दोलन शान्तीपूर्ण र अहिंसात्मक हुने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले शान्तीपूर्ण र अहिंसात्मक बाटोबाटै आफूहरुले परिवर्तन खोजेको बताउनुभयो । उहाँले भारतमा १९० वर्ष पुरानो ब्रिटिश शासन अहिंसात्मक आन्दोलनबाट अन्त्य भएको उदाहरण दिँदै नेपालमा पनि जनताले शान्तिपूर्ण तर व्यापक आन्दोलन गरे यो व्यवस्था पलभरमै ढाल्न सकिने दाबी गर्नुभयो । उहाँले सत्तामा रहेका केही व्यक्तिहरुले आफ्नो व्यक्तिगत फाइदाको लागि देशको आर्थिक, सामाजिक र शान्तिसुरक्षा अवस्थालाई नाजुक बनाएको आरोप लगाउनुभयो ।

अध्यक्ष लिङ्देनले देश लुटेर बसेका केही मान्छेहरु बाहेक सबैको मनमा देशको अवस्था ठिक नभएको रहेको टिप्पणी गर्नुभयो । अध्यक्ष लिङ्देनले देश बिग्रिए नेताहरुको केही बिग्रिने नभई युवाहरुको भविष्य बर्बाद हुने टिप्पणी गर्नुभयो । यो देशको भविष्यसँग आजका युवाहरुको भविष्य समेत जोडिएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले देश बिग्रिन लागेको जानकारी गराउन युवाहरुलाई आमन्त्रण गरिएको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलवारदेखि संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको माग राख्दै अनिश्चितकालिन आन्दोलन गर्ने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार