मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

कर्तव्यनिष्ट भएर काम गर्न प्रहरीलाइ निर्देशन-डिआइजी अधिकारी

देश प्रदेश डेस्क 5485+ समाचार ( )
६ पौष २०८१, शनिबार

झापा कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले सवारी दुर्घटना, साईबर अपराध, लागूऔषधको प्रयोग तथा ओसारपसार, ठगी, चोरी तस्करी र अन्य प्रकारका अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न प्रहरीले योजनाबद्ध रुपमा दत्त चित्त भएर लाग्नुपर्ने पनि बताएका छन् । कोशी प्रदेशमा रहेका सबै १४ जिल्लाका प्रहरी प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश प्रहरी गण रानी, कोशी प्रदेश प्रहरी अस्पताल सुनसरी तथा तराई क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय (क) का प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सो निर्देशन दिएका हन् ।

सबै प्रहरी अधिकृतहरुले आ–आफ्नो पदीय दायित्व अनुसार अनुशासित र कर्तव्यनिष्ट भएर त्रृटीरहित ढङ्गबाट कार्य सम्पादन गर्न र आइपर्ने चुनौतीहरुलाई आफ्नो जिम्मेवारीको रुपमा लिएर शान्ति सुरक्षा अभियानमा प्रतिवद्ध रहन निर्देशन दिएका छन् ।

यसैगरी उनले सत्य सेवा सुरक्षणमको मुल मन्त्रलाई शिरोधार्य गरेर सकारात्मक सोचलाई आफूलाई समर्पण गरेर समाजका लागि परिचालित हुनुपर्ने बताए । उनले कार्य सम्पादन सम्झौता बमोजिम कार्य गर्न र भए गरेको कार्य प्रगति विवरण समयमै जाहेर गर्न पनि कार्यालय प्रमुखहरुलाइ निर्देशन दिएका छन् । सो अबसरमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यसैबिच, प्रहरी नायब महानिरीक्षक अधिकारीले नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौंमा सञ्चालन हुने “४२ औँ आई.जि.पि. रनिङ शिल्ड” पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागीताका लागि कोशी प्रदेशको प्रतिनिधित्व गर्दै जान लागेका प्रहरी खेलाडीहरुलाई हौसलासहित सफलताको शुभकामना प्रदान गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै