मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

केही महिना भित्र सुनको भाउ दुई लाखसम्म पुग्ने

देश प्रदेश डेस्क 5486+ समाचार ( )
३ कार्तिक २०८१, शनिबार

झापा सुनको भाउ प्रतितोला २ लाख रुपैयाँसम्म पुग्ने अन्तर्राष्ट्रिय बजारले आंकलन गरेको छ । आगामी ५–६ महिनाभित्र नेपालमा नै सुनको मूल्य प्रतितोला करिब २ लाख पुग्ने आँकलन छ ।

सन् २०२७ सम्म ३ हजार प्रतिआउन्स पुग्ने अन्तर्राष्ट्रिय प्रक्षेपण सन् २०२५ मै पूरा हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स (२.६६ तोला) करिब २७ सय अमेरिकी डलर छ ।

नेपालमा पछिल्लो समय सुनको भाउ बढेको बढ्यै छ । सुनको भाउले नयाँ माथि नयाँ रेकर्ड बनाउँदै गएको छ । यो हप्ता मात्रै सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय पुगेको छ ।

बिहीबार १ लाख ६२ हजार ४ सय रहेको सुन शुक्रबार प्रतितोला २ हजारले बढेको हो । दशैँपछि खुलेको बजारमा सुन प्रतितोला १ लाख ६० हजार ५ सय थियो ।

एक सातामै सुन प्रतितोला ३ हजार ९ सयले बढेको छ । दशैँअघि असोज २३ गते सुन १ लाख ५९ हजार १ सय थियो । चाँदी भने प्रतितोला १ हजार ९ सय ८० रहेको छ ।

अमेरिका र युरोपका राष्ट्रिय बैंकहरूले ब्याजदर घटाउँदा त्यसको असर सुनमा देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष राजु धमलाले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग बढ्दा भाउ बढेको उनको भनाइ छ ।

संसारभर नै अशान्ति भइरहेकाले ठुला लगानीकर्तालाई लगानीका बाटा धेरै नहुँदा सुनमा आकर्षण बढेको उनी बताउँछन् ।

मध्यपूर्वी एसियामा भइरहेको द्वन्द्व सुनको मूल्यवृद्धिको कारण बनिरहेको छ । इजरायल र हमासबीच जारी द्वन्द्व, लेबनानसँग पनि द्वन्द्व छेडेको र इरानलगायतका देशहरूले पनि के गर्छन् भन्ने अन्योलको स्थिति रहेको हुँदा सुरक्षित लगानीको रूपमा सुनलाई लिइएको विश्लेषण छ ।

अमेरिकी मुद्राको उचारचढावले पनि सुनमा लगानी बढाएको हो । छिमेकी राष्ट्रहरू चीन, भारत तथा रसियाले धेरै मात्रामा सुनको खरिद गरी सञ्चिति बढाउँदा पनि सुनको भाउ बढेको हो ।

धमलाका अनुसार प्रतिदिन करिब ४० किलोको सुनको बजार अहिले करिब १२–१५ किलोमा सीमित भएको छ । गत वर्षको चाडपर्व र अहिले चाडपर्वमा सुनको खपत घटेको उनी बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार