मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापाको कनकाई खोलामा पुरुष मृत फेला

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

झापा जिल्लाको कनकाई नगरपालिका–४, कोटीहोमस्थित कनकाई माई खोलाको डिलमा अन्दाजी ६० देखि ६५ वर्ष उमेरको एक अज्ञात पुरुषको शव फेला परेको छ।

शव आइतबार बिहान करिब ११:५० बजे स्थानिय बासिन्दाले खोलाको बिच भागको डिलमा घोप्टो अवस्थामा देखेका थिए। मृतक पहाडी मूलका जस्तो देखिने भए पनि हालसम्म उनको नाम, थर र ठेगाना खुलेको छैन।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक (प्रनि) रूपेश राईको कमाण्डमा SOCO (Scene of Crime Officer) टोली खटिएको छ। टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाएको जानकारी प्रहरीले दिएको छ।

प्रहरीका अनुसार मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको छ भने शवलाई थप पोस्टमार्टम तथा अनुसन्धानका लागि आवश्यक प्रक्रिया अनुसार अगाडि बढाइएको छ।

स्थानीयवासीहरूका अनुसार मृतक क्षेत्रका परिचित व्यक्ति नभएकोले शव अन्यत्रबाट बगेर आएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, घटना सम्बन्धी थप विवरणका लागि अनुसन्धान जारी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार