मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

 झापा / मेचीनगर ६ काँकरभिट्टास्थित अरुणोदय माध्यमिक विद्यालय परिसरको भवनमा शिक्षिकाको शव भेटिएको छ । शिक्षिका कविताकुमारी ढुंगानाको सड्न लागेको अवस्थामा शव फेला परेको हो । आफ्‌नी श्रीमतीको शव रहेको कोठा बाहिरबाट ताला लगाएर श्रीमान शिक्षक रतन गुप्ता भने फरार रहेका छन् ।

गत बैशाख महिनादेखि अरुणोदय माविमा पर्सा बीरगंज १६ बस्ने ३० वर्षीय रतन गुप्ता र उनकी श्रीमती सर्लाही लालबन्दी २ बस्ने २९ वर्षीया कबिता कुमारी ढुङ्गाना सोही स्कुलको एउटा कोठामा बसेर पढाउँदै आएका थिए । साउन ५ गतेदेखि स्कुल बिदा भई आज संचालन भएकोमा स्कुल खोल्दा उनीहरु दुबै जना थिएनन् । उनीहरुको कोठामा ताल्चा लगाएको थियो भने फोन गर्दा दुबैसँग सम्पर्क हुन सकेको थिएन । दिउँसो ४ः३० बजे स्कुलको प्रिन्सिपललाई रतन गुप्ताले आफ्नो श्रीमती किचन रुममा गई झुण्डिएको अवस्थामा फेला परेको ब्यहोराको म्यासेज गरेका थिए ।

प्रिन्सिपल दुर्गाबहादुर लुईटेलको वाट्सएपमा शिक्षक गुप्ताको म्यासेज आएको थियो । उनले म्यासेजमा श्रीमती ढुंगानाले कोठामा झुन्डिएर आत्महत्या गरेको र आफूले बोकेर अर्को कोठामा सारेको लेखेका थिए । डरले कसैलाई नभनी आफू दुईवटा झोला बोकेर हिडेको बताउँदै उनले ताला खोलेर कोठाभित्र रहेको शवको कानुनी प्रक्रिया पूरा गर्नु भनेका थिए । स्थानीयले शिक्षक गुप्तालाई आइतबार साँझ करिव ५ वजे २ वटा झोला बोकेर स्कुलबाट बाहिर निस्केको देखेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार