मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

दशैंमा कोशी प्रदेशमा १३५ दुर्घटना, १६ जनाको मृत्यु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१२ कार्तिक २०८०, आइतबार

                                                                                                             साङ्केतिक तस्वीर

झापा कोशी प्रदेशमा दशैँको ६ दिनमा १३५ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर १६ जनाको मृत्यु भएको छ भने २६५ जना घाइते भएका छन् ।

कात्तिक ५ गते फुलपातीका दिनदेखि ११ गते कोजाग्रात पूर्णिमाको दिनसम्म १६ जनाको मृत्यु भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

यस अवधिमा १३५ वटा सवारीसाधन दुर्घटनामा परेका थिए भने ती दुर्घटनामा परेर ४१ जना गम्भीर घाइते भए । यस्तै २२४ जना सामान्य घाइते भएको ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । दशैँमा ६ हजार ६२८ वटा सवारीसाधनलाई कारवाही गरिएको उनले बताए । कारवाही गरिएको सवारीसाधनबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सवारी दुर्घटनाको संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७९–०८० मा १८० वटा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको थियो भने ४८ जना गम्भीर घाइते र २२६ जना सामान्य घाइते भएको प्रहरीको अभिलेखमा देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटनामा कमी आए पनि मृत्यु हुने संख्यामा भने कमी नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार