मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह

देश प्रदेश डेस्क 5475+ समाचार ( )
३० भाद्र २०८३, मङ्गलबार

 बिर्तामोड क्षेत्रमा केही दिनदेखि चोरीका घटना बढेपछि प्रहरीले सतर्क रहन आग्रह गरेको छ ।

एक साताभित्र बिर्तामोडमा तीन ठाउँ चोरी भएको हो । बिर्तामोड २ स्थित सांगवेद संस्कृत मावि र दुईवटा निजी घरमा चोरी भएको प्रहरीले जनाएको छ । विशेष गरी कोही नभएको मौका छोपी खाली घरहरुबाट चोरहरुले नगद र गरगहना चोरी गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले बताए । उनले बिजयादशमी तथा शुभ दिपावली, छठ पर्व नजिकिदै गरेको अवस्थामा आपराधिक मनासय भएका व्यक्तिहरुद्वारा चोरी लगायत अन्य आपराधिक घटनाहरु वढ्न सक्ने भएको हुँदा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

चाड पर्वको पूर्व सन्ध्यामा चोरी लगायतका घटना बढेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले सार्वजनिक रुपमा अपिल गरेको छ । साबधानी नै सुरक्षाको कडी हो भन्दै सम्भव भएसम्म घरमा ताला लगाई सम्पूर्ण सदस्यहरु एकै पटक बाहिर नजान ,बिशेष काम परेर घरका सम्पूर्ण सदस्य बाहिर जानु परेमा विश्वासिलो व्यक्तिलाई जिम्मा लगाई छरछिमेकमा समेत जानकारी गराएर बलियो ताला लगाएर मात्र जान,घरको मुख्य भागहरुमा सम्भव भएसम्म सी.सी. टि.भी. जडान गर्न ,सुनचाँदी तथा नगद लगायतका बहुमूल्य सामग्रीहरु सुरक्षित स्थानमा राख्न , सामाजिक संजालमा घर नफर्की बाहिर घुमघाम गरिरहेको फोटो तथा भिडियोहरु पोस्ट नगर्न , घरमा मर्मत तथा बिभिन्न कार्य गर्न आउने व्यक्तिहरुको गतिबिधि निगरानी गर्न र घर वरपर तथा टोल छिमेकमा नयाँ तथा शंकास्पद व्यक्तिहरुको गतिबिधिहरु निगरानी गर्न र शंका लागेमा प्रहरीलाई खबर गर्न अनुरोध गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार