मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

रवि लामिछाने
संसद् भवनमा रहेका फाेहाेरका डङ्गुर ८४ काे चुनावमा सबै सफा गर्छाैं: रवि लामिछाने

Desh Pradesh News 1+ समाचार ( )
२ भाद्र २०८०, शनिबार

बनियानी पूर्व गुहमन्त्री तथा चितवन क्षेत्र नम्बर २ का सङ्घीय साँसद् समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछानेले आउँदो ०८४ सालको निर्वाचनमा फोहोरलाई सफा गरिसक्ने दावी गरेका छन् ।

शनिबार झापाकाे बनियानीमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयाेजना गरेकाे सङ्गठन निर्माणमा अवसर र चनाैति कार्यक्रममा बाेल्दै लामिछानेले पुराना तथा ठूला नेताहरु पहाड नभएर एउटा गन्हाउने फोहोरको डङ्गुर भएको आरोप लगाएका थिए । उनले पुराना नेताहरुले अवैद्य सम्पत्ति लुकाउन लागि परेको आरोप समेत लगाए । पुराना राजनीतिक पार्टीका नेताहरू ३२ बर्ष लगाएर भेला पारेको अवैध सम्पत्ति लुकाउन बल गरिरहेको उनको भनाइ थियो । देशलाई कङ्गाल बनाएर थुपारेको सम्पत्तिको हिसाब  खोज्ने उनले दावी गरे ।
पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन भएको लामिछानेले बताए । देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएको उनको भनाइ थियो । पुराना राजनीतिक दलका अनैतिक सेटिङ्ले नै युवामा देशभित्र केही गर्ने जाँगर हराएको  बताए ।
चितवनमा चलाएको ब्लु बसको बिषयमा स्पष्ट पार्दै लामिछानेले सार्वजनिक यातायातमा महिलामाथि दुव्र्यवहारको घट्ना हुन नदिन महिलाका लागि मात्रै ब्लु बस चलाएको बताए । अनेकौ मुद्दा चलाएर मुद्दाको व्यापार बन्द भएपछि लालछना लगाउने पसल सुरु गरेको उनको आरोप थियो ।   
कार्यक्रमा पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाइले अब राष्ट्रिय स्वतन्त्र पार्टी वाहेक अन्य पार्टीले देश वनाउन नसक्ने ठोकुवा गरे । नातावाद कृपावाद गरेर कार्यकर्ता जोगाइरहने अन्य पार्टीमा देखिएको उल्लेख गर्दै पार्टी हित विपरीत कुनै प्रमाण फेला परेमा जुनसुकै तहका नेतालाइ घर पठाइने उनको भनाइ थियो । त्यसैगरी साँसद् निसा डाँगीले नयाँ घरमा वस्ने कि भत्केको घरमा वस्ने आफै निर्णय गर्न उनले सुझाव दिइन् । मेचि प्रादेशिक अस्पतालको विषय पहिलो पटक संसद भवनमा उठाएको उनले बताइन् । अबको कार्यदिशा देशमा शुसासन ल्याउने तर्फ लागिपरेको उनको भनाइ थियो ।
पार्टीले शुक्रबार र शनिबार झापाका पाँच वटै क्षेत्रमा खुला सभाको आयोजना गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै