मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

हल्दिबारी –१ का नितेश ओलीले केही उद्योगी तथा व्यवसायीसँग रकम माग्ने गरेको आरोप

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१८ जेठ २०८३, सोमबार

झापा ।  झापा हल्दिबारी गाउँपालिका–१ का नितेश ओलीले आफू विभिन्न सञ्चार माध्यममा कार्यरत रहेको भनी झुठो विवरण प्रस्तुत गर्दै केही उद्योगी तथा व्यवसायीसँग रकम माग्ने गरेको जानकारी प्राप्त भएको छ।

उनले ठोस खबर डटकम, पूर्वीगर्जन मिडिया प्रालि लगायतका विभिन्न सञ्चार संस्थाको नाम प्रयोग गरी रकम मागेको आरोप लगाइएको छ।  सामाजिक सञ्जाल फेसबुक पेज सञ्चालन गर्ने व्यक्तिले आफूलाई पत्रकार बताउदै पत्रकारिताको आवरणमा उद्योगी तथा व्यवसायीलाई धम्क्याएर रकम असुल्ने गरेको घटना सार्वजनिक भएको हाे  ।

नक्कली पत्रकारका यस्ता गतिविधिले सञ्चार क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरिरहेको भन्दै नेपाल पत्रकार महासंघ झापाले यस्ता विकृति तत्काल अन्त्य गर्न सम्बन्धित निकायसँग कडा कारबाहीको माग गरेको छ।

महासंघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत सामाजिक सञ्जाल फेसबुक पेज सञ्चालन गर्ने केही व्यक्तिले आफूलाई पत्रकारका रूपमा प्रस्तुत गर्दै विभिन्न सञ्चार संस्थाको नाम दुरुपयोग गरेर आर्थिक लाभ लिन खोजेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ झापाका सचिव राजु पाठकद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– पत्रकारिता कुनै पनि प्रकारको धाकधम्की, बार्गेनिङ वा आर्थिक लाभको माध्यम नभई समाजप्रति उत्तरदायी र नैतिक पेशा भएको स्मरण गराउँदै यस्ता गतिविधिले समग्र पत्रकारिता क्षेत्रको छविमा नकारात्मक असर पार्छ ।

आफ्नो सञ्चार संस्थाको नाम र प्रतिष्ठा दुरुपयोग गरी अवैध गतिविधि गरिएको भन्दै केही सञ्चारमाध्यमका सञ्चालकहरूले महासंघसमक्ष गुनासो समेत गरेका छन्। महासंघले पत्रकारिताको आवरणमा हुने यस्ता गतिविधि सञ्चार क्षेत्रको साख र जनविश्वासमाथिको प्रत्यक्ष आक्रमण भएको ठहर गरेको छ।

विज्ञप्तिमा कसैले पत्रकारिताको नाममा धम्की दिने, अनुचित आर्थिक लेनदेनको प्रस्ताव राख्ने वा रकम माग्ने गरेमा तत्काल सम्बन्धित निकायमा उजुरी गर्न उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरिएको छ। साथै, यस्ता दुष्प्रवृत्तिप्रति सचेत रहन र पत्रकारिताको नाममा हुने कुनै पनि गैरकानुनी गतिविधिलाई निरुत्साहित गर्न सबै पक्षको सहयोग आवश्यक रहेको महासंघले उल्लेख गरेको छ।

महासंघले सामाजिक सञ्जालका विभिन्न पेज सञ्चालन गर्ने व्यक्तिहरूलाई पत्रकारिताको नाममा गलत गतिविधि नगर्न तथा झापाको समग्र पत्रकारिता क्षेत्रको प्रतिष्ठामा आँच नपुर्याउन चेतावनी समेत दिएको छ।

पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि प्रहार गर्ने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्नेमा जोड दिँदै महासंघले घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ। महासंघले पत्रकारिताको पवित्र पेशालाई बदनाम गर्ने प्रवृत्तिविरुद्ध सबै सरोकारवाला एकजुट हुनुपर्ने आवश्यकता पनि औँल्याएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार