मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

विराटनगरको बजेट तीन अर्ब ३४ करोड

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१७ माघ २०८०, बुधवार

झापा विराटनगर महानगरपालिकाको नगरसभाको तेह्रौँ अधिवेशनले चालु आर्थिक वर्षको बजेट संशोधन गरी सम्पन्न भएको छ ।

आज यहाँ आयोजित अधिवेशनमा सभाले रु तीन अर्ब २८ करोड पाँच लाख रहेको बजेटलाई संशोधन गरी रु तीन अर्ब ३४ करोड ६७ लाख १२ हजार पुर्याएको छ ।

सो अवसरमा महानगर प्रमुख नागेश कोइरालाले महानगरवासीले गर्व गर्न लायकको विराटनगर बनाउन इमान्दारितापूर्वक कार्य गरिरहेको बताए । रानीपोखरी, मण्डापोखरी, प्रधानमन्त्री पार्क, बालउद्यान, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालय, विराटनगर–५ र ६ स्थित विएफएम अगाडिको सडक, विराटनगर–१३ स्थित आँखा अस्पताल अगाडिको सडक, विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडक निर्माणलगायत रु एक अर्ब १५ करोडका विभिन्न योजना कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए ।

उपप्रमुख शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८०÷८१ को अर्धवार्षिक समीक्षा प्रस्तुत गरेकी थिइन् । अधिवेशनमा न्यायिक समितिका सदस्य तीर्थेन्द्र नेउपाने, अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक बलराम कारञ्जित, विधेयक समितिका संयोजक दीपककुमार कर्ण, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, पूर्वाधार विकास समितिका संयोजक कुमार पोखरेल, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वासुबहादुर बस्नेत, सुशासन तथा संस्थागत विकास समितिका संयोजक सूर्यलाल यादवले आआफ्नो समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।सभामा सदस्यहरू रोम भट्टराई, अञ्जु दाहाल, सुरज न्यौपानेलगायतले नगरको विकासका सम्बन्धमा विभिन्न सुझाव दिएका थिए ।  नगरसभाले नगर प्रहरी विधेयक, बजार व्यवस्थापन तथा अनुगमन विधेयक, कृषि विधेयकसहित विभिन्न विधेयक र ऐनसमेत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार