मुख्य समाचार
लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ |

देशव्यापी प्रदर्शन गर्दै "Gen Z" पुस्ता

देश प्रदेश डेस्क 5368+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

 जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले भोलि देशव्यापी प्रदर्शन गर्ने भएका छन्। 

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेका हुन्। माइतीघर मण्डलामा भोलि बिहान ११ बजे प्रदर्शन हुनेछ। विद्यार्थीहरूको पोशाक लगाएर, परिचय पत्रसहित, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलामा उपस्थित हुन भनिएको छ। यसबारे सामाजिक सञ्जाल टिकटकमा ट्रेण्ड नै चलिरहेको छ।

प्रधानमन्त्री भइसकेका मानिसहरू भ्रष्टाचारमा संलग्नको आरोप लागेपनि कानुनी कारबाही नभएकोलगायत विषयमा उनीहरूले प्रदर्शन गर्न लागेका हुन्।

ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।

उनीहरूले देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण हुनुपर्ने बताएका छन्। उनीहरूले टिकटकमा ‘नेपो बेबी’ अभियान चलाएका छन्, जसमा उनीहरूले ‘एयष्तिष्अष्बलकल्भउयद्यबदथल्भउब ि’ मार्फत भिडियोहरू बनाइरहेका छन् । यो अभियान पारिवारिक पहुँचका आधारमा राजनीतिक तथा विशिष्ठ व्यक्तिहरूका सन्तानले बाँचिरहेको विलासी जीवनको विरोधमा भएको उनीहरूले बताएका छन् ।

साथै सामाजिक सञ्जाल टिकटकमा नेताहरू र उनीहरूका छोराछोरीको जीवनशैलीलाई लिएर पनि आलोचना भइरहेको छ। नेपालमा अरू सामाजिक सञ्जाल बन्द रहे पनि टिकटक र भाइबर भने सञ्चालनमा छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार