मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |
मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |


विद्यालय खोल्न अनुमति र स्वीकृति दिने पूर्ण अधिकार स्थानीय तहलाई

भेषराज नेपाल 150+ समाचार ( )
२६ आषाढ २०८३, शुक्रबार

झापा / नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक र संघीयताको मर्मअनुरूप देशका स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र विद्यालय खोल्ने अनुमति तथा स्वीकृति दिने पूर्ण अधिकार पाएका छन् ।

 शिक्षा नियमावलीको १०औं संशोधनमा विद्यालय खोल्न चाहनेले अनुमतिका लागि शैक्षिक सत्र सुरु हुनुभन्दा कम्तीमा तीन महिना अगावै सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्ने भनिएको छ ।

पूर्वाधार पूरा भएको देखिएमा विद्यालय खोल्न शैक्षिक सत्र सुरू हुनुभन्दा कम्तीमा ३० दिन अगावै स्थानीय तहले अनुमति दिन सक्ने प्रावधान नियमावलीमा राखिएको छ । अनुमति दिँदा स्थानीय तहले स्वीकृत गरेको विद्यालयको नक्सांकन र विद्यालय खोल्ने अनुमति सम्बन्धमा निर्धारण गरेको संख्याको अधिनमा रही दिनुपर्ने भनिएको छ ।संघीय व्यवस्था लागू भएसँगै शिक्षा क्षेत्रको विकेन्द्रीकरणलाई सुदृढ बनाउन स्थानीय सरकार सञ्चालन ऐनले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने जिम्मा पूर्ण रूपमा गाउँपालिका तथा नगरपालिकाहरूलाई सुम्पेको हो । यस व्यवस्था अन्तर्गत अब जुनसुकै नयाँ विद्यालय स्थापना गर्न, कक्षा थप गर्न वा विद्यालय सञ्चालनको अन्तिम स्वीकृति लिनका लागि केन्द्र वा प्रदेश सरकारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

कुनै पनि व्यक्ति वा संस्थाले नयाँ विद्यालय खोल्न चाहेमा सबैभन्दा पहिले सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा विस्तृत प्रस्ताव पेश गर्नुपर्ने हुन्छ । स्थानीय सरकारले उक्त प्रस्ताव प्राप्त गरेपछि शिक्षा समिति र प्राविधिक टोलीमार्फत स्थलगत निरीक्षण गराउँछ । यसरी निरीक्षण गर्दा विद्यालय स्थापना हुन लागेको क्षेत्रको जनसंख्या, भौगोलिक दुरी र त्यहाँका अन्य विद्यालयहरूको अवस्थितिलाई हेरेर विद्यालय नक्सांकनको आधारमा मात्र अनुमति दिने वा नदिने निर्णय गरिन्छ, जसले गर्दा एउटै ठाउँमा धेरै विद्यालय थुप्रिने र कतिपय ठाउँमा विद्यालय नै नहुने असन्तुलनलाई रोक्न मद्दत पुगेको छ ।
कम्पनी अन्तर्गत भएको कुनै विद्यालय शैक्षिक गुठीमा सञ्चालन गर्न चाहेमा स्वीकृतिका लागि स्थानीय तहमा  निवेदन दिनु पर्ने प्रावधान राखिएको छ । स्थानीय तहले त्यस्तो विद्यालयको अनुगमन गराइ प्रतिवेदन पेस गर्न लगाउनु पर्नेछ । विद्यालयलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न मनासिव देखिएमा त्यस्तो विद्यालय सञ्चालन गर्न स्वीकृति दिनेछ ।
अनुमति प्रक्रियामा भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरलाई मुख्य मापदण्ड बनाइएको छ । विद्यालय सञ्चालनको स्वीकृति पाउनका लागि सुरक्षित कक्षाकोठा, खेलमैदान, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, खानेपानीको सुविधा र प्रयोगशाला जस्ता न्यूनतम पूर्वाधारहरू पूरा भएको हुनुपर्दछ । संस्थागत अर्थात् निजी विद्यालयहरूको हकमा स्थानीय तहले तोकेको वित्तीय धरौटी र अक्षयकोषको व्यवस्थापन गर्नु अनिवार्य हुन्छ । यसका साथै विद्यालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपले तोकेको मापदण्ड बमोजिम योग्य शिक्षक शिक्षिकाहरूको व्यवस्थापन गरेको सुनिश्चित गरेपछि मात्र स्थानीय कार्यपालिकाले विद्यालय सञ्चालनको आधिकारिक स्वीकृति प्रदान गर्दछ ।
स्थानीय सरकारको यो अधिकार विद्यालय खोल्ने अनुमति दिने कार्यमा मात्र सीमित छैन, बरु विद्यालय सञ्चालन भइसकेपछिको नियमित अनुगमन र नियमनमा पनि उत्तिकै प्रभावकारी देखिएको छ । स्थानीय शिक्षा शाखाले विद्यालयहरूले तोकिएको शैक्षिक क्यालेन्डर पालना गरे-नगरेको, जथाभावी शुल्क लिने कार्य रोकेको र गुणस्तरीय शिक्षा प्रदान गरेको विषयमा नियमित निगरानी राख्छन् । यदि कुनै विद्यालयले नियम र मापदण्ड उल्लंघन गरेमा, आवश्यक पूर्वाधार कायम राख्न नसकेमा वा अनुमति विपरित गतिविधि सञ्चालन गरेमा स्थानीय तहलाई त्यस्ता विद्यालयको अनुमति खारेज गर्ने, कक्षा घटाउने वा आवश्यक परेमा अर्को विद्यालयसँग गाभ्ने (मर्ज गर्ने) सम्मको कानुनी अधिकार रहन्छ । यसले गर्दा स्थानीय तहहरू आफ्नो क्षेत्रको शैक्षिक गुणस्तर सुधार्न र विद्यालयहरूलाई जिम्मेवार बनाउन बढी सक्षम भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार