मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१ श्रावण २०८३, शुक्रबार

भारतीय क्षेत्रमा रहेको नयाँ मेची पुलमा ९ लाख ७४ हजार भारतीय रुपैयाँ र एउटा कारसहित दुई युवक पक्राउ परेका छन् ।

बुधबार दिउँसो ४ः२५ बजे पानीट्याङ्कीको नयाँ मेची पुलमा नियमित चेकजाँचका क्रममा एसएसबीको सीमा गुप्तचर टोली (बीआईटी) ले भारतबाट नेपालतर्फ आउँदै गरेको SK०१PB ९४६५ नं को महिन्द्रा एसयूभी कारलाई रोकेर चेकजाँच गरेको थियो।

त्यसक्रममा चालकको सिटमुनि र गाडीको अन्य गोप्य ठाउँहरूबाट ९ लाख ७४ हजार भारतीय मुद्रा बरामद भएको थियो।सोधपुछका क्रममा ४९ वर्षीय चालक जीवन विश्वकर्माले बरामद गरिएको ५ लाख २४ हजार रुपैयाँ आफ्नो भएको दाबी गरेका छन् । उनले आफ्नी सासुको उपचारको लागि नेपाल लैजाँदै गरेको बताएका छन् । त्यस्तै गाडीमा सवार यात्रु २५ वर्षीय राहुल नेपालले ४ लाख ५० हजार रुपैयाँ आफ्नो भएको दाबी गरेका छन् । उनले नेपाल भ्रमणको लागि सो रकम बोकेको बताएका छन् ।

दुवैजना गान्तोकको ट्रु भ्यालुमा चारपाङ्ग्रे सवारी साधनको खरिद बिक्रीको कारोबार गर्ने गरेको बुझिएको छ । सो गाडी उनीहरूको ग्राहकको भएको बताएका छन् ।

एसएसबी अधिकारीहरूले ती दुई जनालाई भारतीय मुद्राको स्रोत, ढुवानी र नेपालमा ढुवानी पुष्टि गर्ने कागजातहरू माग्दा उनीहरूले सन्तोषजनक प्रमाण दिन नसकको भारतीय संचारमाध्यमले जनाएका छन् । बरामद गरिएको भारतीय मुद्रा, महिन्द्रा XUV ३०० गाडी र दुवै जनालाई थप कानुनी कारबाही र अनुसन्धानको लागि भन्सार कार्यालय पानीट्याङ्कीमा बुझाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार