मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

नेपाल पत्रकार महासङ्घको बैठक अनिश्चितकालका लागि स्थगित

देश प्रदेश डेस्क 5485+ समाचार ( )
३० कार्तिक २०८२, शनिबार

झापा / नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यसमितिकाे बैठक अनिश्चितकालका लागि स्थगित भएकाे छ ।

सल्लाहकार मनोनयनको विषयमा गम्भीर विवाद उत्पन्न भएपछि महासङ्घको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

महासङ्घको विधानअनुसार सल्लाहकार मनोनयन गर्ने प्रक्रियालाई लिएर नेपाल प्रेस युनियनमा आबद्ध केही पदाधिकारी र सदस्यहरूले असहमति जनाएपछि बैठक बस्दै नबसी स्थगित भएको जनाइएको छ ।

​विधान विपरीतको अडान ​महासङ्घको विधानले निवर्तमान अध्यक्षलाई सल्लाहकार मनोनयन गर्ने व्यवस्था गरेको छ। तर, प्रेस युनियन निकट पदाधिकारी तथा सदस्यहरूले उक्त व्यवस्थालाई बेवास्ता गर्दै तत्कालीन कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई पनि सल्लाहकारमा मनोनयन गरिनुपर्ने माग राखेपछि विवाद चर्किएको हो। 

महासङ्घकी अध्यक्ष निर्मला शर्माले विधानअनुसारका सल्लाहकारहरूको (जसमा निवर्तमान अध्यक्ष विपुल पोखरेल, निकटतम प्रतिस्पर्धी रमेश विष्ट र त्यसअघिका अध्यक्ष गोविन्द आचार्य लगायतका व्यक्तिहरू थिए) मनोनयनको जानकारी सहितको चिठी बिहानै पठाइसकेकी थिइन्। उनीहरूमध्ये केही बैठकमा उपस्थित पनि थिए।

तर, प्रेस युनियन निकट पदाधिकारीहरूले बाला अधिकारीलाई पनि सल्लाहकारमा राख्न माग गर्दै बैठक अवरुद्ध गरेका थिए।  ​दिनभर विवाद हुँदा पनि सहमति कायम हुन नसकेपछि अध्यक्ष शर्माले वरिष्ठ उपाध्यक्षसँगको परामर्शमा आजका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको एक पदाधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार