मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाबाट ग्राहकको ३ लाख ४३ हजार नगद गायब

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२९ पौष २०८०, आइतबार

झापा झापाको शिवसताक्षी ६ स्थित राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाबाट एकजना ग्राहकको ३ लाख ४३ हजार नगद गायब भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं ६ बस्ने कृष्णकुमार राजवंशीकी श्रीमती आशाकुमारी राजवंशीको खाता नं २१७०१०००००२६३००४ बाट सो रकम गायब गरिएको हो । महालक्ष्मी सेभिङ खातामा रकम जम्मा गरिएको थियो । १५ हजार , २० हजारका दरले पटकपटक गरेर आफ्नो श्रीमतीको खाताबाट सो रकम हिनामिना गरिएको राजवंशीले बताए । उनले बैक कर्मचारीकै मिलेमतोमा आफ्नो रकम गायब गरिएको आरोप लगाए । एटीएम कार्डबाट सो रकम निकालेको देखिएको छ । जबकि राजवंशीले एटीएम कार्ड बनाएका थिएनन् । राजवंशीको बैक खाताबाट हराएको रकमका बारेमा गैरजिम्मेवार जवाफ दिएको बैकले बैक इस्टेटमेन्ट दिन समेत नमानेको स्थानीय चन्द्रमणि पौडेलले बताए । उनले स्थानीयहरुले दबाब दिएपछि मात्र बैक इस्टेटमेन्ट दिएको जानकारी दिए ।

अर्को कुनै व्यक्तिले राजवंशीको खाताबाट सो रकम निकालेको भन्दै बैकले १ लाख ३ हजार , १ लाख ४० हजार र १ लाख गरी सो रकम राजवंशीको खातामा जम्मा गरेको पौडेलले बताए । आफ्नो खाताबाट भएको रकम हिनामिनाको छानविन गरी दोषीलाई कार्वाही गर्न राजवंशीले आज इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिएका छन् । उनले प्रहरीसंगै राष्ट्रिय विाणिज्य बैकको केन्द्रीय कार्यालयमा समेत आजै उजुरी पठाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार