मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

मेटाले टेरेन सञ्चारमन्त्रीको चेतावनी

देश प्रदेश डेस्क 5485+ समाचार ( )
५ आषाढ २०८२, बिहीबार

झापा / सामाजिक सञ्जाल सञ्चालक कम्पनी मेटाले नेपालमा दर्ता हुन सरकाले दिएको चेतावनीलाई अटेर गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले वैशाख १२ गते सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल सञ्चालक कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका थिए ।
राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तक्र्रिया कार्यक्रममा मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन पटक–पटक सूचना जारी गरिए पनि अटेर गरेको भन्दै एक साताभित्र दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।
आज असार ५ गतेसम्म न सरकारले मेटालाई कारबाही गरेको छ, न त मेटा नेपालमा दर्ता हुन आएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव गजेन्द्र ठाकुरले मेटाले अहिलेसम्म दर्ता हुन नआएको बताए । ‘मेटा अहिलेसम्म दर्ता हुनका लागि आएको छैन,’ प्रवक्ता ठाकुरले भने ।
मन्त्रीज्यूले ७ दिनभित्र दर्ता हुन नआए प्रतिबन्ध लगाउने चेतावनी दिएको दुई महिना पुग्न लाग्यो कारबाही प्रक्रिया केही अगाडि बढाउनु भयो त भन्ने प्रश्नमा प्रवक्ता ठाकुरले भने, ‘पहिला दर्ता भएर नेपालको कानुन अनुसार काम नगरे पो कारबाही ? दर्ता नै नभएको कम्पनीलाई कसरी कारबाही गर्ने ?’
फेरि दर्ता हुनका लागि पत्राचार गर्नुभयो कि भएन भन्ने प्रश्नमा ठाकुरले अहिले केही पनि नगरिएको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार