मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता

देश प्रदेश डेस्क 5493+ समाचार ( )
११ अशोज २०८३, आइतबार

झापा / मनाङको चामे नजिकै पहिरोसँगै आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार घट्टेखोलाबाट आएको लेदोसहितको बाढी नदीमा मिसिँदा बहाव प्रभावित भएको हो।

नदी थुनिएपछि मर्स्याङ्दीको पानीको बहाव बढिरहेको र जोखिमसमेत बढेको प्रशासनले जनाएको छ। नदीमा अहिले साइरन बजिरहेको बताइएको छ।

पहिरो जाने क्रम नरोकिएको र नदीको बहाव पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै मर्स्याङ्दी नदी तटीय क्षेत्र, करिडोर तथा आसपासका बस्तीमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

लगातारको वर्षाका कारण मनाङमा बाढी र पहिरोको जोखिम बढेको छ। चामे क्षेत्रमा बाढी र पहिरोले सडक तथा अन्य संरचनामा समेत असर पुर्‍याएको विवरण सार्वजनिक भएका छन्।

नदीमा पानीको बहाव थप बढेमा थुनिएको भाग फुटेर अचानक बाढी आउन सक्ने जोखिम रहने भएकाले नदी आसपासका बासिन्दालाई प्रशासनको सूचनामा ध्यान दिन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार