मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |
मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |


सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी

सुशान्त नेपाल 2+ समाचार ( )
१० अशोज २०८३, शनिबार

झापा / झापाको भद्रपुर १० मा रहेको सनसाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

चन्द्रगढीमा शनिबार संस्थाको अध्यक्ष कृष्ण बाँस्तोलाको सभापतित्वमा तथा  पञ्चराम मरिकको प्रमुख अतिथ्यमा सम्पन्न भएको साधारणसभामा संस्थाका अध्यक्ष बाल  संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले हासिल गरेका उपलब्धि तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

साधारणसभामा संस्थाको स्थापनाकालदेखि हालसम्मको प्रगति, शेयर सदस्यको संख्या, शेयर पुँजी, बचत तथा ऋण कारोबारलगायतका विषयमा जानकारी गराइएको थियो।

प्रतिवेदनअनुसार संस्थाको स्थापना २०७० साल भदौ १४ गते डिभिजन सहकारी कार्यालय भद्रपुर झापामा दर्ता भई कारोबार सञ्चालन हुँदै आएको हो। सुरुमा ३२ जना शेयर सदस्यबाट स्थापना भएको संस्थामा हाल १ हजार ७३२ जना शेयर सदस्य रहेका छन्।

संस्थाले हालसम्म शेयर सदस्यसँग कारोबार विस्तार गर्दै शेयर पुँजीसमेत वृद्धि गरेको जनाएको छ। प्रतिवेदनमा संस्थाको शेयर पुँजी हाल रु. १ करोड ४२ लाख ६ हजार ३०० पुगेको छ।

संस्थाले आफ्नो कार्यक्षेत्रभित्रका शेयर सदस्यलाई बचत तथा ऋण सेवासहित विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। संस्थाका अनुसार हाल १० वटा स्थानीय तहमा भौगोलिक कार्यक्षेत्र रहेको भए पनि वित्तीय कारोबार बिर्तामोडमा रहेको सेवा केन्द्र र चन्द्रगढीस्थित केन्द्रीय कार्यालयमार्फत सञ्चालन भइरहेको छ।

साधारणसभामा संस्थाको विकासमा शेयर सदस्यको विश्वास, समुदायको सकारात्मक दृष्टिकोण तथा राज्यको संरचनात्मक व्यवस्थापकीय कार्यले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको थियो।

साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।

यस वर्ष उत्कृष्ट बचतकर्तातर्फ टोपीलाल राजवंशी, हल्दिबारी–२ र दुर्गामाया योङहाङ्ग, बिर्तामोडलाई सम्मान गरिएको छ। त्यस्तै उत्कृष्ट ऋणीतर्फ भद्रपुर–७ की रमा कार्की लेप्चा र बिर्तामोडकी सन्तोषी नेम्वाङ पनि सम्मानित भएका छन्।

उत्कृष्ट कर्मचारीतर्फ केन्द्रीय कार्यालय चन्द्रगढीकी तारा भण्डारी तथा उत्कृष्ट विद्यार्थीमा हल्दिबारी–२ की सविना मुर्मू र भद्रपुर–१० का अर्पण राजवंशीलाई सम्मान गरिएको छ।

संस्थाले लगानी गरेका कर्जाको बीमा गर्दै आएको जनाएको छ। प्रतिवेदनअनुसार संस्थाले क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँगको सामूहिक बीमा सम्झौतालाई निरन्तरता दिएको छ।

त्यस्तै, संस्थाका तोकिएको मापदण्ड पूरा गरेका सम्पूर्ण शेयर सदस्यलाई म्यादी बीमा गरिदिने निर्णय गरिएको छ।

साधारणसभाले संस्थाको वित्तीय अवस्थाअनुसार कर्जा तथा बचतको ब्याजदर परिवर्तन गर्ने, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सूचीकृत हुने तथा धितो जमानत ऋण लगानीका लागि मूल्यांकनकर्ता (भ्यालुएटर) नियुक्त गर्ने निर्णयसमेत गरेको छ। त्यसैगरी कर्मचारीको क्षमता विकासका लागि कर्मचारी प्रशिक्षण कार्यक्रममा सहभागी गराउने निर्णय गरिएको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रममा संस्थाको नियमित कारोबारलाई थप गतिशील बनाउने, उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट बचत तथा ऋण कारोबार गर्ने सदस्यलाई प्रोत्साहन गर्ने तथा शेयर सदस्यका छोराछोरीमध्ये सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार दिने कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ।

संस्थाका सह-सचिवले स्वागत मन्तव्य राखेको कार्यक्रमा संस्थाका पूर्व सचिव दयालाल राजवंशी र भद्रपुर नरपालिका सहकारी शाखाका प्रमुख नेत्र प्रसाद पोखरेलले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाका सचिव टिका प्रसाद दाहाले सञ्चालन गरेका थिए ।

संस्थाले सहकारीका आदर्श, मूल्य र मान्यतालाई आत्मसात गर्दै शेयर सदस्यमा स्वाभिमानी, अनुशासित र इमानदार बचत गर्ने बानीको विकास गर्ने तथा सदस्यबीच सहकार्य बढाउने नीति लिएको जनाएको छ।

साधारणसभामा संस्थाको विकासका लागि शेयर सदस्यको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिँदै आगामी दिनमा शेयर सदस्यको अपेक्षा र आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार