मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

फागुन महिनामा मात्र झापा प्रहरीले १०६ प्रतिवादी पक्राउ, ३७ लाखको सामान बरामद

देश प्रदेश डेस्क 5485+ समाचार ( )
१ चैत्र २०८०, बिहीबार

झापा झापामा एक महिनाभित्र १०६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको जिल्ला प्रहरी कार्यालय झापाले फागुन महिनामा त्यति धेरै फरार अपराधी पक्राउ गरेको हो ।

अदालतबाट विभिन्न मितिको फैसला अनुसार फरार रहेका अपराधीहरुमध्ये फागुन महिनाभित्र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले १०६ जना फरार अपराधीहरुलाई पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराएको हो । जसमा १३ बर्ष ६ महिना ११ दिन कैद र .१४ लाख ६५ हजार ७२२ रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरी उपरीक्षक मिलन केसीले बताए । झापाको प्रहरी प्रमुख भएर आएपछि प्रहरी उपरीक्षक केसीले लागूऔषध नियन्त्रण र फरार अपराधी पक्राउलाई प्राथमिकता दिएको जनाइएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले फागुन महिनाभित्र जिल्लाको बिभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ ओसार पसार भइरहेको रु ३७ लाख ५१ हजार ४४० मूल्य बराबरको कस्मेटिक आइटम, किराना सामग्री, लत्ताकपडा, सवारी साधनका पार्टस तथा बिद्युतीय पार्टसहरु, सूर्तिजन्य पदार्थसहित ९ वटा सवारीसाधन र २६ वटा पशु चौपायालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार