मुख्य समाचार
नेपाल– भारत सीमामा अर्का बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ |
मुख्य समाचार
नेपाल– भारत सीमामा अर्का बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ |


झापाका विद्यालय परिसरमा शैक्षिक सामग्री बिक्री गर्न नपाइने

देश प्रदेश डेस्क 5196+ समाचार ( )
१४ पौष २०८०, शनिबार

बिर्तामोड, पुष १४ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले विद्यालय परिसरमा पाठ्यपुस्तक र कापीको गैरकानुनी बिक्री वितरण रोक्ने भएको छ ।जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा पाठ्यपुस्तक र कापीको अवैध बिक्री वितरण रोक्ने निर्णय भएकोे नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाका वरिष्ठ उपाध्यक्ष सुमन खनालले बताए ।

विद्यालय हाताभित्रै पाठ्यपुस्तकको गैरकानुनी बिक्री वितरण हुँदा नेपाल सरकारलाई कर तिरेर पुस्तौंदेखि व्यवसाय गर्दै आएका पुस्तक तथा स्टेशनरी व्यवसायी व्यवसायबाटै पलायन बनेको भन्दै यसलाई रोक्न व्यवसायी एकजुट भएका हुन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी जिल्ला कार्यसमिति झापाको शनिवार बिर्तामोडस्थित कार्यालयमा सम्पन्न बैठकले पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको कारोबार पुस्तक तथा स्टेशनरी व्यवसायीबाटै अनिवार्य खरिद बिक्री गर्न सम्बद्ध पक्षसंग अनुरोध गर्ने निर्णय भएको छ ।

शिक्षा नियमावली २०५९ को नियम ३७ मा कुनै पनि विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्री वितरण गर्न नपाइने व्यवस्था छ । तर, झापाका केही स्थानीय तहका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विद्यालय सञ्चालक, शिक्षक, कर्मचारीले पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको नियमविपरीत विद्यालयबाटै बिक्री वितरण गर्ने गरेका छन् ।
यस्तै महासंघले गैरव्यवसायीलाई पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको बिक्री वितरण गर्न नदिने पनि निर्णय गरेको छ । महासंघको सदस्यता लिएका व्यवसायीले मात्र आगामी शैक्षिक सत्रदेखि पाठ्यपुस्तकको बिक्री वितरण गर्न पाईने महासंघ झापाले जनाएको छ । पाठ्यपुस्तकको बिक्री वितरणका लागि महासंघको सदस्यता अनिवार्य लिनुपर्ने निर्णय गरेको बरिष्ठ उपाध्यक्ष खनालले जानकारी दिएका छन् ।

महासंघले झापाका १५ वटै स्थानीय तह, सामुदायिक तथा संस्थागत विद्यालयमा परिपत्र गरि यस्तो गैरकानुनी कारोवार नगर्न, नगराउन सम्बद्ध पक्षसंग अनुरोध गर्ने निर्णय गरेको महासंघका सचिव चन्द्रमणी घिमिरेले बताए । ‘महासंघ झापाको आज बसेको बैठकले जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक कर्मचारी र सञ्चालक जो कोहीबाट भएपनि विद्यालय हाताबाट पाठ्यपुस्तक र पाठ्यसामग्रीहरू बिक्री वितरण नगर्न अनुरोध गर्ने निर्णय भएको छ,’ सचिव घिमिरेले भने ।
बैठकले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाको सल्लाहकार समिति पनि गठन गरेको छ । महासंघका पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता फडिन्द्रराज न्यौपानेको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति गठन भएको महासंघ झापाले जनाएको छ ।
सो समितिको सदस्यमा चन्द्रमोहन उप्रेती, राजकुमार दाहाल र जीवन नेपाल चयन भएका छन् । यस्तै पुस्तक तथा स्टेशनरी व्यवसायीको निर्वाचन क्षेत्रस्तरीय इकाई समितिको संयोजक पनि चयन गरिएको छ ।
झापा १ बाट पछि मनोनयन हुने महासंघ झापाले जनाएको छ । समितिको क्षेत्र नम्बर २ बाट नन्दिकेशर घिमिरे, क्षेत्र नम्बर ३ बाट तीर्थ काफ्ले, क्षेत्र नम्बर ४ बाट दुर्गा घिमिरे र क्षेत्र नम्बर ५ बाट मनकुमार चौलागाईंलाई इकाई संयोजकको जिम्मेवारी प्रदान गरिएको महासंघ झापाका अध्यक्ष बिनोद सापकोटाले बताए ।
बैठकमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य रविन बराल, प्रदेश बरिष्ठ उपाध्यक्ष जीवन नेपाल, उपाध्यक्ष राजकुमार दाहालको पनि उपस्थिति रहेको थियो । बैठक महासंघका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार