मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

'द भ्वाइस अफ नेपाल' टप १२ मा पुगेका झापाली युवा प्रशान्तलाई भोट गर्न अपिल

देश प्रदेश डेस्क 5361+ समाचार ( )
२४ मंगशिर २०८०, आइतबार

झापा झापा भद्रपुरका २४ वर्षीय प्रशान्त शिवाकोटी गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल' सिजन- ५ को टप- १२ पुग्न सफल भएका छन् । गत असोज ५ गतेबाट हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको द भ्वाइस अफ नेपाल सिजन ५ मा साविक पृथ्वीनगर गाविस हाल भद्रपुर-६ निवासी २४ वर्षीय प्रशान्त उत्कृष्ट १२ मा छनौट भएसँगै भोट गर्न अपिल गरेका छन् । 
प्रशान्तका बुबा कमलप्रसाद शिवाकोटीले प्रेस क्लब भद्रपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै छोरालाई जिताउन देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू समक्ष भोटका लागि अपिल गरेका हुन् ।  ‘मेरो जेठो छोरा टप १२ मा पुग्न सफल भएको बताउँदै उनले भने, 'गायन क्षमतासँगै अब भोटिङ राउन्ड शनिवार रातिदेखि खुलिसकेको छ, फाइनल राउन्डसम्म छोरालाई भोट गरिदिनुहुन अनुरोध गर्दछु ।’
हाल ललित कला क्याम्पस काठमाडौँमा स्नातक तहमा अध्ययनरत प्रशान्त बाल्यकालदेखि नै गीतसङ्गीतमा रुचि राख्दथे । कक्षा–४ देखि निरन्तर गायनमा रुचि राख्दै आएका उनी झापाका विभिन्न स्थानमा हुने गरेका महोत्सव तथा साङ्गीतिक कार्यक्रममा स्टेज प्रोग्राममा आफ्नो गायन प्रस्तुति दिँदै आइरहेका छन् कक्षा–९ मा अध्ययनरत रहेका बेला इटहरीमा आयोजित पूर्वाञ्चल स्कुल आइडलमा भाग लिएर उनले दोस्रो स्थान हासिल गर्न सफलसमेत भइसकेका छन् ।
त्यसले प्रशान्तलाई गायन क्षेत्रमा थप ऊर्जा मिलेको बुबा कमलप्रसाद बताउँछन् । गायन क्षेत्रलाई निरन्तरता दिने सोचका साथ रियालिटी सोहरूमा पनि भाग लिन थालेका प्रशान्तले नेपाल आइडल सिजन–२, भ्वाइस अफ नेपाल सिजन–३, मेरो भ्वाइस युनिभर्सलमा समेत भाग लिइसकेका छन् । भ्वाइस अफ नेपाल सिजन–५ मा झापाबाट प्रतिनिधित्व गर्ने प्रशान्त एक्ला प्रतिस्पर्धी हुन् । त्यसैले झापावासीसँगै सम्पूर्ण नेपालीको माया र सद्भाव छोरालाई चाहिने उनका बुबा कमलप्रसादको भनाई छ ।

कसरी गर्ने भोटिङ ?
प्रशान्तलाई खल्ती एप र हिमालयन बैङ्कको खाता नम्बर २९७५१९७१०४४००११ मार्फत भोट गर्न सकिन्छ । खल्ती एपमा गएर भोटिङ आइकन सर्च गरी द भ्वाइस अफ नेपालको सिजन ५ मा गएर गायक प्रमोद खरेलको टिममा गएर प्रशान्त शिवाकोटीमा भोट गर्न सकिन्छ । प्रमोदको टिममा तीन जना रहेका छन् । जसमध्ये प्रशान्तलाई भोट गर्न सकिन्छ । जसमा एक पटकमा १ हजार भोटसम्म गर्न सकिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार