मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

कचनकवलका अध्यक्षकाे राैंदालाे, प्रशासकीय अधिकृतकाे सरुवा मागगर्दै मन्त्रालयमा

Desh Pradesh News 1+ समाचार ( )
१० अशोज २०८०, बुधवार

भद्रपुर । झापाकाे कचनकवल गाउँपालिकामा पालिका प्रमुखले आफ्नै प्रमुख प्रशासकीय अधिकृतकाे सरुवाको लागि मन्त्रालय धाएका छन् ।

पालिका प्रमुख कालेन्द्र सिह राजवंशीले अधिकृत हिरा कुमारी यादवकाे सरुवाकाे लागि पालिकामा खबरै नगरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौमा पालिकाकाे लेटर प्याड र छाप प्रयाेग गरि सरुवा गरिदिन माग गरेका छन् ।

२०७९ असार ५ गतेदेखि पालिकामा हाजिर भएर कार्य सम्पादन गरेकि यादवले पालिका बिरुद्ध कुनै पनि कार्य नगरेकाे र अध्यक्ष राजवंशीले आफ्नो स्वार्थ पूरा नहुने देखेर अहिले सरुवाको लागि पालिकाकाे दैनिकी कार्यलाई  असर पारेर लागिपरेकाे आराेप उपाध्यक्ष नवराज भट्टराईलगायत छ जना वडा अध्यक्ष र तीन जना कार्यपालिका सदस्यहरुले संयुक्त हस्ताक्षर गरेकाे पत्रमा उल्लेख गरिएकाे छ ।

उपाध्यक्ष भट्टराईले विगत ९ महिना देखि अध्यक्ष राजवंशीले विभिन्न वहाना देखाउदै पटक पटक अधिकृतकाे सरुवा गर्नुपर्छ उहाँबाट हाम्रो कार्यमा असर पर्ने भाे भनेर गाउँपालिका सदस्यहरु विच कुरा गरिरहनु भएकाे थियाे तर हामीले अधिकृतकाे कार्यमा कुनै खाेट नभएकाेले याे कुरा नगर्नु भनेर भन्दा पनि नमानेर हामीलाई थाहै नदिएर सुटुक्क मन्त्रालय गएर सरुवा गर्न माग गर्नु भएकाे पछि थाहा पाएकाे उपाध्यक्ष भट्टराईकाे भनाई छ ।

भट्टराईले भने गत असार १० गते बजेट पारित भएपनि अध्यक्षले खर्चको अख्तियारी नदिएकाे कारणबाट पालिकाका कर्मचारीले तलव पाएका छैनन् भने कार्यलयकाे दैनिकीमा पनि असर पुगेकाे छ ।

देश प्रदेश खबरबाट अध्यक्ष राजवंशीलाई पटकपटक माेवाईलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार