मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

भारतीय चिठ्ठा बिक्री गर्ने भद्रपुरका यादव पक्राउ

देश प्रदेश डेस्क 5361+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

                                                                                                                                    फायल तस्वीर

झापा ।  प्रतिबन्धित भारतीय चिठ्ठा खुलेआम बिक्री गरिरहेको अबस्थामा भद्रपुरमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ५ बस्ने ४२ वर्षीय रणजितकुमार यादव रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । उनले भारतबाट चिठ्ठा खरिद गरी नेपालमा ल्याई बिक्री गर्दै आएका थिए । शुक्रबार बिहान १० बजे भारतीय चिठ्ठा खुलेआम बिक्री गरिरहेको अबस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चिठ्ठा खरिद गर्नेहरुको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ परेकै दिन अदालतबाट पाँच दिन म्याद थप गरी अभद्र व्यवहारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

प्रतिबन्धित भारतीय चिठ्ठा झापाको सीमावर्ती बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ ।भारतको पश्चिम बंगाल, सिक्किम, नागाल्याण्डका प्रतिबन्धित चिठ्ठाहरु झापाको सीमावर्ती बजारहरु भद्रपुर, बिर्तामोड , धुलाबारीलगायतका ठाउँहरुमा बिक्री भइरहेको छ ।

चिठ्ठा ऐन, २०२५ को दफा २ अनुसार नेपाल सरकारले अनुमति दिएकोमा बाहेक कसैले चिठ्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाइदैन । ऐनविपरीत चिठ्ठाको कारोबार गरिएमा बिगो जफत भई बिगोबमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार