मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

नेपाल–भारत बीच तीन महत्त्वपूर्ण सम्झौता

भेषराज नेपाल 153+ समाचार ( )
२४ जेठ २०८३, आइतबार

झापा / नेपाल र भारतबीच आर्थिक, डिजिटल र द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित तीन महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। यी सम्झौतामध्ये सबैभन्दा चर्चित विषय भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) लाई जोड्ने सहमति रहेको छ।

सम्झौताअनुसार नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंकबीच अन्तरदेशीय डिजिटल भुक्तानी प्रणाली सञ्चालनका लागि आवश्यक नियामकीय संयन्त्र स्थापना गरिनेछ। यससँगै नेपाली तथा भारतीय नागरिकले दुवै देशमा क्यूआर कोडमार्फत सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने बाटो खुल्ने भएको छ।

यस सहकार्यले नेपाल–भारतबीच हुने व्यापार, पर्यटन, स्वास्थ्य सेवा, शिक्षा तथा अन्य आर्थिक गतिविधिमा ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ। विशेषगरी भारतीय पर्यटकले नेपालमा तथा नेपाली नागरिकले भारतमा मोबाइल बैंकिङ र डिजिटल वालेटमार्फत सीधा भुक्तानी गर्न सक्ने व्यवस्था विस्तार हुँदै जाने बताइएको छ।

दुवै देशका अधिकारीहरूले यी सम्झौताले आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। डिजिटल भुक्तानी प्रणालीको एकीकरणले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै पारदर्शिता र वित्तीय समावेशितालाई समेत बल पुग्ने अपेक्षा गरिएको छ।

नेपाल–भारत सम्बन्धमा पछिल्लो समय ऊर्जा, पूर्वाधार, व्यापार तथा डिजिटल क्षेत्रमा सहकार्य विस्तार भइरहेका बेला यी नयाँ सम्झौताहरूलाई द्विपक्षीय सम्बन्धको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार