मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

भद्रपुरका भट्टराई दम्पतीद्धारा महर्षि वशिष्ठ पत्रकारिता अक्षयकोष स्थापना

देश प्रदेश डेस्क 5486+ समाचार ( )
८ भाद्र २०८१, शनिबार

झापा भद्रपुर क्षेत्रका पत्रकारहरुलाई मध्यनजर गरी दानविर भट्टराई दम्पतीले १ लाख ५५ हजार रुपैयाँ बराबरको महर्षि वशिष्ठ पत्रकारिता अक्षयकोष स्थापना गरेका छन् । पहिलो पटक भद्रपुरका पत्रकारहरुलाई कोष स्थापना गर्ने भद्रपुर ८ का गणेश प्रसाद भट्टराई र शकुन्तला भट्टराई हुन् ।
 महर्षि वशिष्ठ पत्रकारिता नामाकरण गरिएको अक्षय कोषमा भट्टराई कुलवंश प्रतिष्ठान भद्रपुर,दाता परिवार र प्रेस क्लबबिच शनिबार विहान सम्झौता भएको छ । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट भट्टराई कुलवंश प्रतिष्ठानको बार्षिक साधारण सभामा एक जना पत्रकारलाइ सम्मानसहित पुरस्कृत गरिने उल्लेख छ ।

प्रेस क्लब भद्रपुरका अध्यक्ष, भट्टराई कुलवंश प्रतिष्ठान भद्रपुरका अध्यक्ष र वौदिक व्यत्तित्वगरी तीनसदस्य पुरस्कार छनौट समितिले पुरस्कृत हुने पत्रकारको निर्णय गर्नेछ भने दोस्रो बर्षबाट वौदिक व्यत्तित्वको सट्टामा पुरस्कृत व्यत्ति रहने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
प्रतिष्ठानका नगर अध्यक्ष चेतनाथ भट्टराईले सहजीकरण गरेको कार्यक्रममा प्रेस क्लबका अध्यक्ष राजबाबु शंकरले भट्टराई दम्पतीसहित प्रतिष्ठानप्रति धन्यबाद दिएका थिए ।
 कार्यक्रममा प्रतिष्ठानका विभिन्न पदाधिकारी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार