मुख्य समाचार
भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद |

९ जना नेपाली श्रमिकको शव नेपाल ल्याइयाे

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१८ चैत्र २०८२, बुधवार

झापा / कुवेतमा ज्यान गुमाएका मध्ये ९ जना नेपाली श्रमिकको शव अन्ततः नेपाल ल्याइएको छ। खाडी क्षेत्रमा देखिएको युद्धजन्य तनावका कारण लामो समयदेखि रोकिएको शव फिर्ता प्रक्रिया अहिले सम्पन्न भएको हो।

शवहरू कुवेत एयरवेजको चार्टर विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। उनीहरुको शवलाई विमानस्थलदेखि घरसम्म लैजाने प्रबन्ध गरिएको बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले बताए ।  युद्धका कारण उडान अनियमितता र सुरक्षा जोखिम बढ्दा यसअघि शव नेपाल पठाउन समस्या भइरहेको थियो।

वैदेशिक रोजगार बोर्डका अनुसार नेपाल ल्याइएका मृतकहरूमा सिराहाका रमेशकुमार मोची, दाङका खुसीराम चौधरी, सिन्धुपाल्चोककी सम्झना गोले, उदयपुरकी कोपिला धामी, खोटाङका वसन्त राई, सुर्खेतकी यमुना सुनार, सल्यानका कृष्णराम्जा बुढा, सिन्धुलीकी मञ्जु मोक्तन पाख्रिन र कास्कीका रमेश नेपाली रहेका छन्।

सम्बन्धित निकायका अनुसार आवश्यक कानुनी प्रक्रिया, दूतावासको समन्वय तथा रोजगारदाता कम्पनीसँगको सहकार्यपछि शव नेपाल पठाइएको हो। शव बुझ्ने परिवारलाई आवश्यक सहजीकरण तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया समेत अघि बढाइएको जनाइएको छ।

खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षाबारे पुनः चिन्ता बढेको छ। यस्तो अवस्थाले आपतकालीन उद्धार, शव फिर्ता र श्रमिक व्यवस्थापनमा थप चुनौती उत्पन्न गरेको सरोकारवालाहरूले बताएका छन्।

शव नेपाल ल्याएसँगै सम्बन्धित परिवारलाई जिम्मा लगाउने तथा अन्त्येष्टि प्रक्रिया स्थानीय तहको समन्वयमा अघि बढाइने जनाइएको छ।

गत १६ फागुनमा अमेरिका–इजरायलले इरानमा आक्रमण गरेको थियो । प्रतिकारस्वरुप इरानले पनि अमेरिकी सैन्य क्याम्प भएको कुवेत, बहराइन, साउदी अरब, कतार र ओमान श्रृंखलाबद्ध आक्रमण जारी गरेपछि कुवेतको विमानस्थलमा सञ्चालनमा थिएन ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै