मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

बालेन्द्र शाह झापा क्षेत्र नं. ५ बाट निर्वाचनमा उठ्ने

देश प्रदेश डेस्क 5364+ समाचार ( )
८ पौष २०८२, मङ्गलबार

झापा / काठमाडाैंका मेयर बालेन्द्र शाहा झापाकाे क्षेत्र नं. ५ बाट उम्मेदवार उठ्ने सङ्केत देखिएकाे छ ।

हिजाे रास्वपाका सभापति रवि लामिछानेसँगकाे लामाे भेटघाटपछि याे कुरा जनसामु आएकाे हाे ।

झापा गएर केपी ओलीविरूद्ध चुनावमा खडा हुन चाहेको उनी निकट एक नेताले बताएका छन्। 

केपी ओलीलाई उनकै निर्वाचन क्षेत्रबाट नहराइकन चुनाव जितेको मज्जा नहुने कुरा बालेनले आफ्ना निकटहरूलाई बताउने गरेका छन्।

'बालेन दाइ ओलीलाई नहराइकन त चुनाव जितेको मज्जा हुँदैन भन्नुहुन्छ,' बालेनसँग निकट सम्पर्कमा रहेका ती नेताले भने, 'उहाँको चाहना ओलीलाई नै हराउने हो।'

बालेन शाहको घर काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ स्थित सिनामंगलमा छ। तर उनी कुन ठाउँमा चुनाव लड्छन् वा चुनाव नै लड्दैनन् भन्ने खुलेको छैन। उनी दोधारमा रहेको ती नेताको भनाइ छ।

'कहिले दाइ चुनाव लड्छु भन्नुहुन्छ त कहिले महानगरको कार्यकाल पूरा गर्छु भन्नुहुन्छ,' ती नेताले भने, 'तर अहिले देशका लागि योगदान गर्नुपर्छ भन्ने वरिपरिका साथीभाइको आग्रह स्वीकार गरेजस्तो लाग्छ।'

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार