मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

ट्रकसँग मोटरसाइकल ठोक्किँदा बुद्धशान्तिकी आकृतिकाे मृत्यु

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

झापा । ट्रकसँग मोटरसाइकल ठोक्किँदा घाइते एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा  मोटरसाइकलको पछाडि सवार बुद्धशान्ति गाउँपालिका–५ का २२ वर्षीया आकृति दनुवार रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ

प्रहरीका अनुसार गत जेठ १३ गते राती ९ः५५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका–१४ स्थित धाईजनचोकमा धुलाबारीबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७११ नम्बरको ट्रक र सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ५१५२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।
 दुर्घटनामा परी  मोटरसाइकल चालक मेचीनगर–१० धुलाबारीका अन्दाजी २७ वर्षीय राहुल गुप्ता र मोटरसाइकलको पछाडि सवार  आकृति घाइते भएका थिए ।

घाइतेमध्ये आकृतिको बीएण्डसी अस्पताल बिर्तामोडमा आइतबार दिउँसो ४ः१० बजेको समयमा मृत्यु भएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

 ट्रक तथा ट्रक चालक बिर्तामोड नगरपालिका ३ का अन्दाजी ३४ वर्षीय विजय लिम्बुलाई इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा लएकाे उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै