मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

एयर इन्डिया विमान दुर्घटना : होस्टेलमा रहेका ४९ को मृत्यु

देश प्रदेश डेस्क 5489+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

जापा / भारतमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा होस्टेलमा रहेका ४९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मृत्यु हुने कुल संख्या कम्तीमा २९० पुगेको छ । 

अहमदावादबाट लन्डन जाँदै गरेको विमान दुर्घटना हुँदा चिकित्सकहरूको एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो । 

प्रहरीका अनुसार मृतक संख्यामा विमानमा सवार यात्रु र जमीनमा भएका अन्य व्यक्तिहरू समावेश रहेको सीएनएनले जनाएको छ ।

एयर इन्डियाका अनुसार उक्त एयर इन्डिया फ्लाइट न। १७१ मा सवार २४२ यात्रुमध्ये २४१ जनाको दुर्घटनामा मृत्यु भएको छ । एकजना ब्रिटिश नागरिकमात्र बच्न सफल भएको सीएनएन ले जनाएको छ ।

बाँकी मृतक होस्टेल भवन र जमिनमा भएका अन्य व्यक्तिहरू हुन् । मृतकको संख्या अझ बढ्नसक्ने बताइएको छ ।

गुजरात राज्यको अहमदाबादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै उडान भर्ने क्रममा एयर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटना भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार