मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

इलामको रोङ गाउँपालिकामा गिद्धको शालिक निर्माण

देश प्रदेश डेस्क 5361+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

झापा   इलामको रोङ गाउँपालिकामा गिद्धको शालिक निर्माण गरिएको छ ।

सोह्रौ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण तथा सचेतना दिवसको अवसर पारेर करसोङ पदमार्गमा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो र उपाध्यक्ष विष्णुमाया खवासले गिद्धको शालिक अनावरण गरेका छन् । शालिक निर्माणको लागि युएनडीपीले समेत लगानी गरेको थियो । फाइबरको शालिक निर्माण गर्न १ लाख ६० हजार रुपैयाँ खर्च भएको निर्माण समितिका अध्यक्ष प्रकाश राईले जानकारी दिए ।

उनका अनुसार शालिक राख्नका लागि मुडा बनाउन करिब १ लाख रुपैयाँ खर्च भएको थियो । शालिक मेची राजमार्गबाट करिब १ किलोमिटर ४ सय मिटर दूरीमा निर्माण गरिएको छ । विशेषगरी गिद्धको पुरानो बासस्थान भएको क्षेत्र भएकाले पहिचानको रुपमा स्थापित गराउन शालिक निर्माण गरिएको निर्माण समितिका अध्यक्ष राईले जानकारी दिए ।

करसोङ पदमार्गमा पर्ने सलकपुर, जिर्मलेलगायतका क्षेत्रमा गिद्धको बासस्थान समेत रहेको छ । दुई दशक अघिसम्म खोला र वन क्षेत्रमा गिद्धका बथान प्रशस्त पाइने गरेको थियो । अहिले चुरे क्षेत्रमा केही गिद्ध मात्र भेटिएका छन् । बासस्थानका रुपमा तराईमा रहेका अग्ला सिमलका रुख मासिँदा र आहाराको रुपमा रहेका मरेका पशुमा किटनाशक विषादी मिसिएका कारण गिद्धको अस्तित्व सङ्कटमा परेको छ ।

गिद्ध संरक्षणको सन्देश दिनका लागि शालिक निर्माण गरिएको गाउँपालिका अध्यक्ष स्याङबोले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार