मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

तेह्रथुममा रास्वपाकाे केन्द्रिय निर्णयले सामूहिक राजिनामा दिने तयारी

देश प्रदेश डेस्क 5194+ समाचार ( )
६ माघ २०८२, सोमबार

झापा / जिल्लाबाट एकल सिफारिस गरिएका उम्मेदवारलाई बेवास्ता गर्दै केन्द्रले अर्कैलाई टिकट दिएपछि तेह्रथुम रास्वपाका नेता तथा कार्यकर्ताले सामूहिक राजिनामा दिने तयारी गरेका छन् ।

सिफारिस गरिएका उम्मेदवार इञ्जिनियर सुरेन्द्र कार्कीलाई बेवास्ता गर्दै सोमबार केन्द्रले रितुराज लिम्बूलाई टिकट दिएपछि जिल्लामा असन्तुष्टि जनाउदै कार्यकर्ताहरुले सामूहिक राजिनामा दिन तयार गरेका हुन् ।

जिल्ला कार्यसमितिले सिफारिस नगरेका र पार्टी गतिविधिमा संलग्नता नदेखिएका व्यक्तिलाई अचानक टिकट दिइनु पार्टीको विधि र मर्मविपरीत भएको रास्वपा तेह्रथुमले ठहर गरेको छ ।

यस निर्णयप्रति गम्भीर असहमति जनाउँदै जिल्ला नेतृत्वले मिति २०८२/१०/०४ सम्म सदस्यता लिएका सबैले सामूहिक राजीनामा दिने तयारी गरिएको एक नेताले जानकारी दिए ।

उनका अनुसार सिफारिस गरिएका उम्मेदवार कार्कीलाई स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उतार्ने तयारी भइरहेको पनि जानकारी दिएका छन् ।

पार्टी केन्द्रको निर्णयप्रति जिल्लास्तरबाट तीव्र असन्तोष देखिन थालेपछि रास्वपाभित्र आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार