मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

झापामा दुई पाङग्रे सवारी साधनबाट ३७ जनाको मृत्यु

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१९ माघ २०८१, शनिबार

                                                                                                               फायल तस्वीर

झापा । झापामा चालु आर्थिक वर्ष २०८१। ०८२ को ६ महिनामा  मोटरसाइकल(दुई पाङग्रे)सवारी साधनबाट ३७ जना मानिसको ज्यान गएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँमा ४ सय ४५ वटा मोटरसाइकल (दुई पाङग्रे)सवारी साधन दुर्घटना हुँदा ३ बालक, ७ महिला र २७ पुरुषगरी ३७ जनाको मृत्यु भएको छ । सोहि अवधिको दुर्घटनामा परेर ६ सय ८३ जना मानिस घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले जानकारी दिए।
घाइते हुनेमा सबैभन्दा बढी ४ सय ८२ जना पुरुष छन् । यसैगरी, १ सय ३५ महिला तथा ३३ बालक र ३३ बालिका समेत घाइते भएका छन् । सवैभन्दा बढी असोज महिनामा ९० वटा मोटरसाइकल (दुई पाङग्रे) सवारी साधन दुर्घटनामा ८ पुरुष र २ महिलासहित १० जनाको ज्यान गएको पौडेलको भनाई छ । ८६ पुरुष ३० महिला तथा बाल÷ बालिका दश÷दशगरी १ सय ३६ जना सोहि महिनामा घाइते भएका थिए । अन्य महिनाको तुलनामा चाडपर्व परेका कारण असोजमा बढी दुर्घटना भएको उनको भनाई छ ।
पुसमा सवैभन्दा कम भएका ६० वटा दुर्घटनामा परेर महिला र पुरुष एक÷एकजनाको ज्यान गएको र दुर्घटनामा परी ७३ पुरुष, १० महिला , ४ बालक र २ बालिका घाइते भएको प्रहरीको भनाई छ ।
साउनमा ७ पुरुष, १ महिला गरी ८ जनाको ज्यान गएको थियो । ८१ पुरुष, २७ महिला २ बालक र ६ बालिकागरी १ सय १६ जना घाइते भएको प्रहरीको अभिलेखले देखाएको छ । सो महिना जिल्लाका विभिन्न स्थानमा ७२ वटा दुर्घटना भएका थिए ।
भद्रौमा ७६ वटा दुर्घटनामा परी २ पुरुष, १ महिला र १ बालकगरी ४ जनाको मृत्यु भएको थियो भने, ७१ पुरुष, २८ महिला, ८ बालक र ५ बालिकागरी १ सय १२ जना मानिस घाइते भएका थिए ।
कात्तिकमा भएका ७९ वटा दुर्घटनामा परी जिल्लामा ७ जनाको ज्यान गएको छ ।  दुर्घटनामा परेर ५ पुरुष र २ महिलाको ज्यान गएको हो भने , ८५ पुरुष २५ महिला ४ बालक र ६ बालिकागरी १ सय २० जना मानिस घाइते भएका थिए ।
त्यसैगरी मङ्सिरमा ६ जनाको मृत्यु भएको प्रहरीको भनाई छ । ६८ वटा दुर्घटनामा परी ४ पुरुष र २ महिलाको ज्यान गएको हो । यसैगरी, ८६ पुरुष १५ महिला ५ बालक र ४ बालिकागरी १ सय १० जना मानिस घाइते भएका थिए ।
मोटरसाइकल दुर्घटनाका कारण तीव्र गति, ट्राफिक नियम उल्लङ्घन, जथाभावी ओभरटेकलगायत ट्राफिक नियम पालना नगर्दा हुने गरेको प्हरीको भनाइ छ । चारपाङ्गे्रको तुलनामा दुईपाङ्गे्र सवारीसाधन बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको बुझाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार