मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

बंगाल देशबाट अवैध मानिस नेपाल आउने सूचनासँगै पूर्वी नाकामा सुरक्षा कडाइ

Desh Pradesh News 1+ समाचार ( )
२१ मंगशिर २०८२, शनिबार

 झापा / बंगलादेशबाट भारत हुँदै अवैध मानिसहरु नेपाल आउने सूचनासँगै नेपालकाे पूर्वी नाकामा काडाइका साथ सुरक्षा परिचालन गरिएकाे छ ।  

झापा जिल्लाकाे मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सिमानाको फाइदा उठाउँदै अवैध मानिसहरु नेपाल प्रवेश गर्ने भएकाले त्यसतर्फ निगरानीका लागि कडाइका साथ सुरक्षाकर्मी परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा आठजनाको टोली पूर्वी नेपालको पुरानो मेची पुल, भान्सा खोला, तुर्केनीलगायतका क्षेत्रमा परिचालन गरिएको हो । ‘विशेषगरी यो टिमले पुरानो मेची पुलसहित दायाँ बायाँ भान्सा खोला, तुर्केनी, नकलबन्दालगायतका खुला क्षेत्रबाट पैदल भएर नेपाल छिर्ने मानिसहरुप्रति निगरानी गर्ने छ’ एकजना प्रहरी अधिकृतले भने,‘याे टाेलीले गलत मान्छेको आवतजावत भए नभएको हेर्ने तथा मुख्य मार्ग नभएर दायाँ बायाँ भएर नेपाल छिर्ने मानिसहरुको परिचयपत्र हेर्ने लगायतका काम गर्नुका साथै सम्भावित क्षेत्रमा समेत उच्च सतर्कता अपनाउने छ' ।

मेची पुलमा भारततर्फबाट नेपाल आउने सवैको परिचयपत्र अनिवार्य हेर्ने गरिएको छ । शंकास्पद मानिस फेला परे तत्काल नियन्त्रणमा लिने जनाइएको छ । पछिल्लो समय बंगलादेशमा हिंसा बढेसँगै भारतको बाटो हुँदै नेपालमा बंगलादेशीहरु प्रवेश गर्न सक्ने सूचना आएपछि केही महिना अघिदेखि स्थानीय प्रशासनले सतर्कता अपनाएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भारतले गत आठ वर्ष अगाडि देखि बसेका मानिसहरुकाे अनुगमन गर्ने निति ल्याएका कारण र बंगाल देशकाे हिंसाका कारण उनीहरुले आश्रर्य लिने ठाउँ भनेकाे नेपाल नै भएकाेले कतैबाट काेहि गलत मान्छे नेपाल प्रवेश गर्न सक्छ कि भन्ने मनसायले सुरक्षामा अलिक कडाइ गरेकाे बताए । उनले भने, 'हाल सम्म त त्यस्ताे किसिमकाे मानिस फेला नपरेकाे र बंगालीहरु त त्याहाँबाट भारत पनि प्रवेश गर्न नसकेकाे सूचना प्राप्त भएकाे छ । तर सूचनाकै आधारमा सुरक्षामा कडाइ नगर्ने भन्न कुरा रहदैन सुरक्षासँगै सतर्कता अपनाएका छाैं' । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार