मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

वीरता लेडी जेसीजद्धारा चिया मजदुर महिलासँग तीज मिलन

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

 झापा पछिल्लो समय भड्किँदै गइरहेको तीज पर्वलाइ न्यूनिकरण गर्ने उद्देश्यले झापा विर्तामोडमा रहेको वीरता लेडी जेसीजले चिया वगानमा कार्यरत महिला श्रमिकसँग तीज मिलन कार्यक्रम गरेको छ ।
झापाको भद्रपुर ७ स्थित बुधकरण टि स्टेटमा अन्र्तराष्ट्रिय युवा दिवस तथा आउँदै गरेको महिलाहरूको महान् चाड हरितालिका तीजको अवसर पारेर मङ्गलबार चिया वगानमा कार्यरत महिला चिया मजदुरहरुलाई लत्ताकपडासहित दर खुवाएर तीज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

वीरता लेडी जेसीज वर्ष २०२५ ले नेपालको पहिलो ऐतिहासिक चिया वगानका रूपमा रहेको वगानमा कार्यरत ७६ जना महिलाहरुलाई साडी तथा श्रृङ्गार सामान वितरण गरेर कार्यक्रम सम्पन्न गरेको हो ।

साे वगानका सञ्चालक राजेन्द्रप्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा
कार्यक्रममा संस्थापक अध्यक्ष शारदा रिजाल,पूर्व अध्यक्ष मञ्जु पोखरेल, अखिल नेपाल चिया मजदुर सङ्घकी अध्यक्ष सीता सापकोटा,नेपाल ट्रेड युनियन महासङ्घका उपाध्यक्ष भुपाल सापकोटा,लेडी जेसीजकी निवर्तमान अध्यक्ष मेनुका ओली लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रमको प्रशंसा गरेका थिए ।
पूजा कलेक्सन,श्रेष्ठ ज्वेलर्स र अप्सरा चुरा पसल सह–आयोजक रहेको कार्यक्रममा उपस्थित अतिथिले मजदुर महिलाहरुलाइ सामग्री वितरण गरेका थिए ।

पछिल्लो समय तीज पर्व होटल तथा बारमा जम्न थालेपछि त्यो विकृतिलाइ न्यूनिकरण गर्दै न्यून आर्थिक अवस्थामा जिवीकोपार्जन गर्दै आइरहेका महिलासँग तीज मनाउने अभियान अघि सारिएको अध्यक्ष शाक्यले बताइन् । संस्थाले सहरमा भन्दापनि गाउँमुखी कार्यक्रमलाइ ध्यानमा राखि अभियान चलाउँदै आइरहेको जानकारी दिइन् ।

महसचिव प्रभा रायमाझीले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष मेनुका ओली,पूर्व अध्यक्षहरु सरु भूर्तेल खनाल,सङ्गीता चिमरीया , सरु खनाल, सङ्गीता गिरी, आजिवन सदस्य शिला ढकाल ,मानार्थ सदस्य अनिता पुरी लगायतको उपस्थिति रहेको कार्यक्रममा दर खाएर सामूहिक नाच गान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार